उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ। अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन्। तर उनलाई नेपालगञ्जकै आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
आज गरिएको पिसिआर परिक्षणमा बांकेमा १ जना र रुपन्देहीको एक जनाको स्वावको नमुना परिक्षण गर्दा पोजेटिभ नतिजा आएको हो ।
मन्त्रालयले यसबारेमा केही समयमा आधिकारिक जानकारी दिने भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ।
0 on: "रुपन्देही सहित प्रदेश न ५ मा २ जना कोरोना संक्रमित"