खाद्य आपूर्तिको समस्या उपत्यकामा खासै देखिएको छैन । खाद्य पसलहरुलाई सामाजिक दुरी कायम गरी पसल खोल्न दिएका छौं ।
भारतबाट
फलफूल तथा तरकारी भित्रिएकोबारे गलत बुझाइ देखिएको छ । भारतलगायत अन्य
मुलुकबाट आउने सामानले भन्सारमा क्वारेन्टाइन समय पुरा गरेरमात्र प्रवेश
पाउने भएकाले कोरोना भित्रिने सम्भावना हुँदैन । हाम्रो मुलुकको उत्पादनले
पूर्णरुपमा धान्न सक्ने अवस्था नभएकाले पनि बाहिरी मुलुकबाट खाद्यान्न,
तरकारी तथा फलफूल भित्र्याउन जरुरी छ ।
स्थानीय
उत्पादन बजारसम्म कसरी ल्याउने भन्ने अहिले एउटा समस्या देखिएको छ । पहिले
विचौलियाले तरकारी तथा फलफूललाई बजारसम्म ल्याउने काम गर्दा आपूर्ति सहज
भएको थियो तर अहिले लकडाउनका कारण यो सम्भव भएन । तर, सरकारले केही
सहकारीहरुसँग छलफल गरेको छ । स्थानीय निकायहरुसँग छलफल गर्ने स्थानीय
उत्पादनलाई बजारसम्म ल्याउनेबारे हामीले छलफल गरेका छौं । जस्तोः राजधानी
नजिकका जिल्लाहरु काभ्रे, पनौती, मकवानपुर, धादिङ, नुवाकोट, चितवन,
नवलपरासी आदिबाट कसरी सामान ल्याउने भन्नेबारे हामीले छलफल गरेका छौं ।
उपभोग्य
वस्तुहरु भारतबाट आयात गरिएन भने डिमान्डअनुसार पु¥याउन सक्ने अवस्था नै
छैन । अहिलेको खाद्यान्नको अवस्था हेर्ने हो भने लकडाउनको पहिलो हप्ताको
तुलनामा १३६ प्रतिशतले आयात बढेको छ । त्यसैगरी, तरकारी तथा फलफूल ३६ देखि
३८६ प्रतिशतको बीचमा आयात भइरहेको छ । पेट्रोलियम पदार्थ नियमित आइरहेको छ र
अहिलेको आवश्यकतालाई धानिरहेको छ ।
अहिले
ग्याँसको पनि अभाव छैन । सुरुमा ग्याँसबारे जुन खालको हल्ला भयो, अभाव
हुन्छ भन्दै आवश्यकता भन्दा बढी आयात पनि भयो र मानिसहरुले घरघरमा जम्मा
पनि गरे । जसले गर्दा धेरै ग्याँस घरभित्र स्टक भयो । अब भित्र रहेको खाली
सिलिण्डर कसरी बाहिर ल्याउने भनेर आधा ग्याँस सिलिण्डर ग्याँस भरेर घरभित्र
स्टक ग्याँसलाई बाहिर ल्यायौं । तर अहिले उद्योगी व्यवसायी ग्याँस विक्री
नभएको बताइरहेका छन् । यसको कारण सुरुमा धेरै ग्याँस जम्मा गर्नु नै हो ।
पेट्रोलियम
पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र नेपालमा किन नघटेको बारे
प्रश्न उठेका छन् । नेपालको अवस्थामा अहिले घटाउने तर पछि फेरि बढाउनु
पर्ने अवस्था आएमा बढाउन सकिन्छ कि सकिँदैन भन्नेबारे आँकलन गर्नुपर्ने
देखियो । त्यसैले पेट्रोलियम पदार्थमा घटाउने जुन मूल्य छ त्यो ‘कोभिड १९’
राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । राहत कोष जनता कै लागि भएकाले यो
उचित ठानिएको हो ।
त्यसैगरी, अहिले
फेरि ग्याँसको मूल्य घटेर आएको छ । पहिले नेपाल आयल निगमले प्रतिसिलिण्डर ३
सय रुपैयाँ घाटा खानुपरेको अवस्था थियो । तर अहिले मूल्य घटाउने तर भोलि
फेरि मूल्य बढेर आउँदा यहाँ पनि बढाउनु पर्दाको अवस्थामा बढाउन सकिन्छ कि
सकिँदैन भन्ने अध्ययन गर्नुपर्ने हुन्छ । र, यो भारतको बजारसँग पनि तुलना
गर्नुपर्ने हुन्छ ।
अहिले नेपालको
उत्तरी नाका पनि खुलेको छ । नेपालकै केही स्थानीय निकाय तथा स्थानीय
नेतृत्वले नाका खोल्दा कोरोना भित्रिन सक्ने भन्दै नाकाबाट सामान आयात गर्न
रोक लगाएका छन् । जोखिम बढ्न सक्ने भन्दै केरुङ नाका अझै संचालनमा ल्याउन
सकिएको छैन ।
भारतसँग जोडिएका
नाकाहरुमा भने काँकडभिट्टा बाहेक अन्य नाकाबाट सामान भित्रिरहेका छन् ।
काँकडभिट्टामा नेपाली पक्षले नै अवरोध गरेपछि नाका बन्द गरिएको हो । तर
अन्य नाकाहरुबाट आयात भइ नै रहेको छ ।
नेपालमा
अहिले भारतबाट आउने कुनै पनि सामानको अभाव छैन । तेस्रो मुलुकबाट आउने
सामान पनि आइरहेको छ । ती सवै सामानलाई क्वारेन्टाइन अवधि पुरा गराएर
डिसइन्फेक्ट गरेर मात्रै ल्याइन्छ । ढुवानीको अवस्थामा विरगंज आइसीपी र
आइसीडीमा ठूलो मात्रामा कन्टेनरहरु र ट्रकहरु छन् । ती विस्तारै खाली हुँदै
जानेछन् ।
0 on: "उपभोग्य वस्तु भारतबाट आयात गरिएन भने माग धान्न सकिने अवस्था छैनः मन्त्री भट्ट"