Monday, May 25, 2020
‘कोरोना अझै फैलिन सक्छ, लकडाउनको मोडल फेरिन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को महामारी अझै फैलिन सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओली विदेशमा समस्यामा परेकाहरुको उद्धारमा भने लचिलो देखिएका छन् । साथै लाकडाउनको मोडल परिवर्तन हुने प्रधानमन्त्रीले संकेत गरेका छन् ।
सोमबार साँझ टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गरेका थिए । उनले नेपालमा कोरोना भाइरस नियन्त्रणको स्थिति प्रभावकारी रहेको तर यो ढुक्क भएर बस्ने स्थिति नभएको विश्लेषण गरे ।
समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडान बन्द गर्ने निर्णयलगायतका कदमले महामारीबाट हुन सक्ने डरलाग्दो क्षतिलाई जोगाएको प्रधानमन्त्रीले बताए । उनले अगाडि भने, ‘यसबीचमा २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिनुपर्छ ।’
औषधि र स्वास्थ्य उपकरणको खरीदमा देखिएको समस्या हल भएको र २० वटाभन्दा बढी प्रयोगशाला सञ्चालनमा आएको भन्दै उनले विज्ञहरुको सल्लाहबमोजिम जनसंख्याको कम्तिमा २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने लक्ष्य सुनाए ।
त्यसैगरी क्वारेन्टाइनस्थल बढाउनुका साथै स्तरमा व्यापक सुधार ल्याइने र आवश्यकताअनुसार होटल एवं सार्वजनिक संरचनालाई समेत क्वारेन्टाइनस्थला रुपमा प्रयोगमा ल्याइने प्रधानमन्त्री बताएका छन् ।
संक्रमण फैलिनुमा भारतको ‘योगदान’
प्रधानमन्त्री ओलीले नेपालमा कोरोनाको महामारी अहिले फैलिँदो अवस्थामा रहेको जानकारी दिए । महामारीका रुपमा फैलिनुमा भारतबाट फर्किनेहरुको योगदान रहेको उनले बताए ।
विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने भए पनि भारतबाट फर्किनेहरुको परीक्षण नभएको र नियमको पालना पनि नभएको बताउँदै उनले भनेका छन्, ‘परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।’
भारतबाट आएकाहरुलाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन आग्रह गरेका छन् ।
केही तत्व जनतामा भ्रम फिँजाएर आफ्ना स्वार्थ र उद्देश्यहरु पूरा गर्न सक्रिय हुन सक्ने भन्दै प्रधानमन्त्री ओलीले उनीहरुको बहकावबाट सतर्क रहन समेत आह्वान गरेका छन् ।
विदेशबाट उद्धार गर्न लचिलो
विदेशमा अप्ठ्यारामा परेकाहरुको उद्दारका लागि प्रधानमन्त्री ओली लचिलो देखिएका छन् । यसअघि स्वयंम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकै नेताहरुले समेत उद्दारको माग गर्दै प्रधानमन्त्री ओली सहमत देखिएका थिएनन् ।
No related post available
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "‘कोरोना अझै फैलिन सक्छ, लकडाउनको मोडल फेरिन्छ’"