११ चैतमा लकडाउन शुरु भएपछि भने आन्तरिक
उडान समेत बन्द भयो । त्यसयता विमानस्थलमा आकस्मिक रुपमा हुने चार्टर्ड तथा
रेस्क्यू उडानबाहेक अन्य उडान बन्द छन् । पछिल्लो समय १८ जेठसम्म
व्यवसायिक उडान बन्द छ । कहिलेसम्म उडानमा प्रतिबन्ध थप हुन्छ, निश्चित छैन
।
तर, त्रिभुवन विमानस्थल कार्यालयले भने
विमानस्थल खुल्नासाथ सामाजिक दूरी कायम गरी सेवा सन्चालन गर्ने तयारी
थालेको छ । सोहीक्रममा अहिले धमाधम मार्किङ शुरु गरिएको छ । अब तोकिएको
स्थानमा मात्र यात्रु उभिनुपर्ने भएको छ । त्यसो त वायुसेवा कम्पनी र नेपाल
नागरिक उड्डयन प्राधिकरणले समेत हवाई सेवा सन्चालनका लागि सुरक्षा
निर्देशिका बनाएर लागु गर्ने तयारी गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार,
स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा
सन्चालनमा ल्याउने तयारी विमानस्थलले गरेको छ । विमानस्थलको आन्तरिक
टर्मिनलमा पार्किङ क्षेत्र हुँदै जाने बाटो, टिकट लिने ठाउँ, लगेज संकलन
गर्ने ठाउँलगायतमा मार्किङ गरिएको छ । यो तयारी हेर्दा आन्तरिक उडान १८
जेठपछि सन्चालनमा ल्याउने तयारी भइरहेको समेत बुझिन्छ ।
0 on: "त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मार्किङ, सेवा सुरु गर्ने तयारी हो ?"