आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट करको दर नभएर दायरा बढाइने गरी ल्याउन लागेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।
आइतबार
सङ्घीय संसदमा आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा मन्त्री खतिवडाले
कोरोनाको विश्व महामारीका कारण शिथिल भएको मुलुकको अर्थतन्त्र उत्थान गर्न र
उच्च चपेटामा परेका निजी क्षेत्रकोसमस्या सम्बोधन गर्न सरकारले बजेटमा करको दर नबढाउने तर दायरा बढाउने नीति ल्याउन लागेको जानकारी दिए । सोही
क्रममा मन्त्री खतिवडाले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै कर छुट तथा
सहुलियतका कार्यक्रमहरु समेत सरकारले ल्याउने तयारी गरेको जानकारी दिएका
छन् ।
मुलुकको अर्थतन्त्रको प्रमुख आधारमध्ये निजी क्षेत्र पनि एक
प्रमुख क्षेत्र रहेकाले सो क्षेत्रको उत्थानका लागि सरकारले आन्तरिक तथा
बाह्य लगानीलाई आकर्षित गर्ने खालका कार्यक्रमहरु समेत ल्याउन लागेको
खतिवडाले बताए ।
0 on: "अब करको दर होइन दायरा बढाइनेछ : अर्थमन्त्री"