कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतमा पनि स्थिति
भयावह बन्दै गएको छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु संख्या र संक्रिमत
संख्या बढ्दै गएपछि ।
भारतमा मंगलबार एकैदिनमा मात्र १२३ जनाको कोरोना संक्रमणका कारण मृत्यु
भएको छ । सोमबार त्यहाँ एकै दिनमा कोरोना संक्रमणबाट हालसम्मकै सर्वाधिक
१७५ जनाको ज्यान गएको थियो । हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु
हुनेको संख्या १ हजार ६९३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा (मंगलबार) भारतमा २ हजार ९६३ जनामा कोरोना संक्रमण
फेला परेको छ । सोमबार भने ३ हजार ९३२ जना नयाँ कोरोनाका संक्रमित थपिएका
थिए । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ४९ हजार ४०० पुगेको छ । यसैबीच
१४ हजार १४२ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।
कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले मे १७ (जेठ ४) सम्म लकडाउन
लम्ब्याएको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि
लगाइएको थियो ।
0 on: "भारतमा कोरोना संक्रमणबाट एकैदिन १२३ को मृत्यु, संक्रमित संख्या ४९ हजार नाघ्यो"