Monday, May 25, 2020
जेठको गर्मीमा कोरोनाको ग्राफ : १२ दिनमा चारजनाको मुत्यु, ४३७ संक्रमित
जेठ महिना लागेसँगै काठमाडौंमा समेत गर्मी बढेको छ । तराईका ‘बोसो पगाल्ने’ गर्मी छ । तर, गर्मीसँगै भाइरस संक्रमणको ग्राफ पनि ह्वात्तै बढेको छ ।
जेठ महिनाको १२ दिनमै ४३७ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६८२ पुगेको छ । यही अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन् ।
नेपालमा माघ ९ गते कोरोनाको पहिलो संक्रमण देखिएको थियो । त्यसयता संक्रमण निकै ढिलो गरी फैलियो । सरकारले चैत ११ देखि कोरोना फैलिन नदिन भन्दै लकडाउन घोषणा गर्यो । तर, लकडाउनकै अवधिमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । जेठ १२ गते सोमबार साँझसम्मको तथ्यांक हेर्दा कुल संक्रमितको संख्या ६८२ पुगेको छ ।
माघ ९ देखि जेठ १ गतेसम्म आइपुग्दा संक्रमतिको संख्या २४५ मात्र थियो । जेठ २ गते एकसाथ ९ जना थपिए । यसरी थपिने क्रम दैनिक बढ्दै जान थाल्यो । जेठ ४ गते संक्रमितको संख्या २९१ पुग्यो भने जेठ ५ गते एकैचोटि ३५७ पुग्यो ।
१२ दिन उताको तथ्यांक विश्लेषण गर्दा जेठ ५ गते ३५७ संक्रमित देखापरेको मा ८ गते यो संख्या ४५७ अर्थात सय अंकमा चुलिएको देखिन्छ ।
जेठ ८ गते कुल संक्रमतिको संख्या ४५७ थियो भने भोलिपल्ट साँझमा बढेर ५१६ पुग्यो । त्यसको चार दिन पछि अर्थात जेठ १२ गते सोमबारसम्म आइपुग्दा यो संख्या बढेर ६८२ पुगेको छ । यो समाचार लेख्दै गर्दा अरु संख्या थपियो भने अचम्म नमाने हुन्छ ।
यसरी माघयताका कुल संक्रमित ६८२ मध्ये ४३७ जना यही जेठ महिनामा थपिएका संक्रमितहरु हुन् ।
कुल ६८२ संक्रमितमध्ये अहिलेसम्म निको हुनेको संख्या ११२ छ । कोरोनाबाट ४३ जिल्लाहरू प्रभावित बनेका छन् । पुरूषको तुलनामा महिलामा कम संक्रमण देखिएको छ । ६०२ जना पुरूष संक्रमित भएका छन् भने महिलाको संख्या ८० मात्र छ ।
हाल ४६ हजार २९ जना क्वारेन्टाइनमा बसेका छन् । माघयता कुल ९१ हजार ६४२ जनाको पीसीआर टेस्ट भएको छ ।
१२ दिनमै चार जनाको मुत्यु
कोरोनाबाट मृत्यु हुनेको संख्यातर्फ विचार गर्दा अहिलेसम्म मृत्यु भएका चारैजना यही जेठ महिनाका हुन् । ४३७ संक्रमित भेटिँदा चार जनाको ज्यान जानु भनेको झण्डै एक प्रतिशत मृत्युदर यो १२ दिनमा देखिएको छ ।
जेठ ३ मा सिन्धुपाल्चोककी सुत्केरीको पहिलो मृत्यु भएको थियो भने ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा निधन भएका ७० वर्षका पुरुषको पनि कोरोनाका कारण निधन भएको ८ दिनपछि पुष्टि भएको छ ।
त्यसैगरी बाँकेको क्वारेन्टाइनमा र रुपन्देहीको क्रिमसन अस्पतालका दुई पुरुषको यही साता मृत्यु भएको छ ।
तथ्यांकलाई हेर्दा अब कोरोना संक्रमणको दर बढ्ने र यसले अझै केही समय नेपालीहरुलाई दुःख दिने सम्भावना देखिन्छन् । यो सम्भावनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वीकार गर्दै थप सतर्क हुनुपर्ने बताएका छन् ।
सोमबार देशबासीका नाममा सम्बोधन गरेका प्रधानमन्त्रीले भने, ‘एक महिनाअघि सम्बोधनका क्रममा मैले आउने साताहरु अझ चुनौतिपूर्ण हुने बताएको थिएँ । फागुन ३ देखि चैत २९ गतेसम्म झण्डै २ महिनासम्म संक्रमितको संख्या दोहोरो अङ्कमा ननाघ्नु र मानवीय क्षतिबेगर बन्दाबन्दीको पालना हुनुले विश्व स्वास्थ्य संगठनले हाम्रो मुलुकलाई अति जोखिमबाट जोखिमको तहमा प्रगति भएको बताएको थियो । तर, नयाँ बर्षको पहिलो हप्ता बितेसँगै महामारीको संक्रमण फेरि विस्तार हुन थाल्यो । यतिबेला संक्रमितहरुको संख्या ६ सय नाघेको छ ।’
र, प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘आसन्न जोखिमले हामीलाई थप सजग हुन, अझ उच्च योजनाका साथ संक्रमणलाई नियन्त्रण गर्न र राज्यका सबै अंगहरुलाई महसुस हुने गरी अझ चुस्त र प्रभावकारी बनाउन माग गरेको छ ।’
No related post available
Next
Prev Post
Prev Post
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "जेठको गर्मीमा कोरोनाको ग्राफ : १२ दिनमा चारजनाको मुत्यु, ४३७ संक्रमित"