लम्बाई कम हुँदैमा छोटा फिल्मले पार्ने प्रभावको असर छोटो हुँदैन। कम समयमा चरित्र स्थापित गर्ने, द्वन्द्व सिर्जना गरी रोमाञ्च र संवेदना जगाउने, कथा र दृश्यमा आफ्नो शिल्प देखाउने चुनौती स्वीकार्दै छोटा फिल्मका सर्जकहरूले उम्दा काम गर्दै आएका छन्।
अर्कोतिर, दैनिक जीवनका मसिना घटनाबाटै
कथा टिपेर सामाजिक कथा भन्ने मामिलामा पनि छोटा फिल्मको योगदान महत्वपूर्ण
छ। छोटा फिल्मलाई सिर्जनशील निर्देशकले छोटो समय र थोरै लगानीमा आफ्नो
प्रतिभा देखाउने माध्यमसमेत बनाएका छन्।
यस्तै विशेषताका कारण फिचर फिल्मसँगै छोटा
फिल्मले ओस्कार, कान्सलगायत संसारभरका अवार्ड समारोहमा आफ्नो स्थान बलियो
बनाएका छन्। सन् १९२९ देखि वितरण हुन थालेको ओस्कारका केही वर्षमै छोटा
फिल्मबीच नियमित प्रतिस्पर्धा हुन थालेको हो।
सन् १९३२ मा जेम्स प्यारोटको 'म्युजिक
बक्स' पहिलो पटक पुरस्कृत छोटो फिल्म हो। त्यसपछि मार्सल करीको 'द नेवर्स
विन्डो'सम्म आइपुग्दा ओस्कारमा विभिन्न देशका सयौं राम्रा फिल्मले
प्रतिस्पर्धा गरिसकेका छन्।
तिनैमध्ये पछिल्लो तीस वर्षका १० फिल्म
यहाँ छानिएको छ। यी सबै एकेडेमी अवार्ड फर लाइभ एक्सन सर्ट फिल्मअन्तर्गत
पुरस्कार जित्न सफल फिल्म हुन्। यिनले मान्छेका निजी दुःखसुखका कथादेखि
अल्पसंख्यक समूहका मुद्दासम्म छोएका छन्।
यो सूचीमा पनि रमाइला किस्सादेखि बालमनोविज्ञान, शारीरिक अपांगता र रंगभेदजस्ता गम्भीर विषयमा बनेका फिल्म समेटिएका छन्।
द लन्च डेट (१९९०), निर्देशक: एडम डेभिड्सन
फिल्ममा धनी महिलाको भूमिकामा स्कटी ब्लक र
अफ्रिकी मूलका गरिब अमेरिकी पुरुषको भूमिकामा क्लिबर्ट फोर्डको अभिनय छ।
फिल्मको केन्द्रमा यिनै दुई पात्र छन्।
एक जना धनी महिला अमेरिकाको म्यानहटन
स्टेसन पुग्दा नपुग्दै उनको रेल छुट्छ। अर्को रेल कुरुन्जेलसम्म समय कटाउन
उनी क्याफेमा पस्छिन्। रेल छुटेपछि आफ्नो पर्स हराएको थाहा पाएकी उनी सलाद
मात्रै मगाएर टेबलमा राख्छिन् र काँटा लिन जान्छिन्। काँटा लिएर फर्कंदा
उनले अफ्रिकी मूलका एक जना गरिब पुरुषले आफ्नो सलाद खाइरहेको देखेर ट्वाल्ल
पर्छिन् अनि मुर्मुरिन थाल्छिन्।
आफ्नै धुनमा सलाद खाइरहेका पुरुषबाट
खाेसेर उनले प्लेट आफूतिर तान्न खोज्छिन्। तर ती व्यक्ति रिसाएपछि उनी डराइ
डराइ त्यही प्लेटबाट सलाद निकाल्दै खान थाल्छिन्। यी दुई पात्रको
द्वन्द्वमा संवाद हुँदैन। उनीहरूको हाउभाउका माध्यमबाट दर्शकले यो
द्वन्द्वको भरपुर मजा उठाउँछन्। उनीहरू नबोले पनि हरेक गतिविधिले दर्शकसँग
संवाद गरिरहन्छ।
एकैछिनमा ती व्यक्ति उठेर महिलाको लागि
पनि चिया बोकेर आएपछि उनको ती व्यक्तिप्रतिको रिस अलि कम हुन्छ। यसपछि थप
यस्ता घटना हुन्छन्, जसले यी दुई अपरिचितको भेट दुई अलग वर्ग र वर्णबीचको
रोचक भेट बन्न पुग्छ। फिल्मको सबभन्दा महत्वपूर्ण पक्ष यही हो।
फिल्मको सुरुआती दृश्यमै धनी महिलाको
सामान एक जना काला वर्णका व्यक्तिसँग ठोक्किएर खसेको हुन्छ। त्यतिबेला उनले
काला मान्छेलाई राम्ररी हेर्न समेत नचाहेको प्रस्टै बुझिन्छ। उनी काला
रङका मान्छेप्रति शंकालु छिन् र आफूलाई उनीहरुबाट असुरक्षित महशुस ठान्ने
गोरा समूहकी प्रतिनिधि पात्र हुन्। तर पछि घटनाक्रम यसरी अघि बढ्छ, उनले
काला वर्णकै मान्छेसँग बसेर सलाद खाने स्थिति आउँछ।
तपाईंले याद गर्नुभयो भने, ती अफ्रिकी
मूलका पुरुष क्याफेमा देखिनुअघि नै निर्देशकले पर्दामा देखाइसकेका हुन्छन्।
फिल्मको अन्त त झनै अप्रत्याशित छ। रंगभेदको विषयलाई रोचक रुपमा चित्रण
गरिएको यो फिल्मले ओस्कारबाहेक कान्स फिल्म फेस्टिभलमा पामे डि’ओरसमेत
जितेको थियो।
स्वार्जफारर/ब्ल्याक राइडर (१९९३), निर्देशकः पेप डान्क्वेर्ट
ओम्निबस (१९९२), निर्देशक: स्याम कार्मन
सिक्स सुटर २००४, निर्देशक: मार्टिन म्याक डोनफ
टोयल्यान्ड (२००७), निर्देशक: जोसेन अलेक्जेन्डर
0 on: "ओस्कार जितेका १० छोटा फिल्म, युट्युबमा"