Dear People,
“Easy1up online marketing “ हाम्रा दाजुभाई ले सुन्नुभयो होला किनकि येस्मा मार्केटिंग नै येसरी गरिन्च.
“ मासिक २५००० देखि १००००० आम्दानी गर्न म्यासेज गर्नुहोस” तेती सजिलो छ पैसा कमाउन ... एदि तेस्तो गर्न सक्छौ भने बिदेश मा बसेका नेपाली लाइ नेपाल मै बोलाए हुदैन सरकार संग कुरा राखेर?
मलाई ३५००० खर्च गरेर दुख छैन तर यिनीहरु ले प्रचार गर्ने तरिका “ हजुर संग laptop र इन्टरनेट छ भने हामी हजुरलाई ५००००-१००००० सम्म आम्दानी गर्न सक्ने बनाउछौ रे अरु केहि qualification नचाइने रे
मैले join गर्न भन्दा अघि मलाई भनिएका कुराहरु...
1. हजुर संग laptop र इन्टरनेट भए पुग्छ हजुर ले लगानी गरेको पैसा मैले नै उठाईदिन्छु अनि २५०००-५०००० मैले नै कमाएर देखाई दिन्छु रे
2. Facebook बाट कोर्स बेच्ने हो धेरै सजिलो छ सबै बेर्रोजगार छन् देश मा सो तिनलाई बेच्नी अनि पैसा कमाउने हो
3. हजुर को लगानी ढुक्क दुब्दैन भनेर आस्वाशन दिने
4. हजुर ले जुन सुकै business जागिर गरे पनि २-३ घण्टा दिनको दिनु भयो भने त्यो भन्दा राम्रो कमाइ हुन्छ रे
म join हुन भन्दा अघि दिन मा २५००० / ५०००० कमाएको स्क्रीन shot राख्थे .... पछि थाहा पाए आफै ले edit गरेर कमाएको जस्तो देखाएर facebook मा पोस्ट हाल्नुपर्ने रैछ
जब मा पैसा तिरेर join भए तेस्पछी
1. आफुले video हरु हेर्नुस अनि नबुझे सोध्नुहोस रे ....... अब कोर्स किनिसकेपछी busy busy रे अनि नेपाली मा बनाएको तिनीहरु ले video त्यो भन्दा ५० गुणा रार्मो lesson youtube मा फ्री मा पाउन सकिन्छ
2. उनीहरु सङ रेडी made facebook status हरु छन् .... मैले यो सिके भनेर पोस्ट हाल्नुपर्ने training नहेरी
3. तेस्पछी उनीहरु भन्छन पोस्ट हरु daily हाल्नुस facebook मा , daily हाल्दा देख्नी ले पनि कमाए जस्तो देखिछ अनि जब उनीहरु message गर्न आउछन् , उनीहरु लाई तेइ भन्नुस मैले ज हजुर लाई भने हजुर लाइ join गराउने क्रममा
4. अब फेरी .... पैसा कमाए भनेर देखाउन लाइ पनि उनीहरु ले हेल्प गर्ने हैछ , एउटा editor use गरेर १-२ दिन बिराएर २५००० कमाए , १०००० कमाय, ५०००० कमाय भनेर facebook मा हाल्ने
सजिलो रैछ .... येति आम्दानी भयो भनेर proof बनाउने येस्तै
येहा सिकाउने भनेको facebook मा proof बनाएर पोस्ट हाल्ने र अर्को facebook बाट boost गर्न
एस बाहेक गर्ने भनेको live गएर सो called entrepreneur जस्तो देखाउने, राम्रो होटेल मा जाने तेस्को फोटो हालेर कमाएको क्भनेर देखाउने , अनि येसरी नै एई process चल्दो रच
म फसिसके हजुर चाई नफस्नु होला
Showing posts with label esy1up froud. Show all posts
Showing posts with label esy1up froud. Show all posts
Wednesday, May 6, 2020
Subscribe to:
Posts (Atom)