कोरोना भाइरस फैलिन नदिन पूरै देश लकडाउन गरिएको छ। यस कारण सबै सिनेमा घर पनि बन्द छन्। तर केही डिजिटल स्पेसमा फिल्म र वेब सिरिज रिलिज भइरहेका छन्।
यही क्रममा अभिनेत्री ज्याक्लिन फर्नान्डिस र मनोज बाजपेयी आफ्नो फिल्म ‘मिसेज सिरियल किलर’ लिएर आएका छन्। यो फिल्म नेटफ्लिक्समा १ मेमा रिलिज हुँदैछ। ज्याक्लिनले आफ्ना कोस्टार मनोज बाजपेयीसँगको एक भिडियोमा भनिन्, ‘१ मेमा मिसेज सिरियल किलरको प्रिमियरमा तपाईंहरूसँग भेट्नेछु।’
शिरीष कुन्दरको निर्देशनमा बनेको यो फिल्म उनकी कोरियोग्राफर र फिल्म मेकर पत्नी फराह खानले प्रोड्युस गरेकी हुन्। यो थ्रिलर फिल्म एक पत्नीको बारेमा बुनिएको कथा हो। उनका पतिलाई सिरियल मर्डर केसमा फसाइएको छ र उनी जेलमा छन्। पत्नीलाई सिरियल किलरजस्तै गरी एक व्यक्तिको हत्या गर्नु छ ता कि यो साबित होस् उनका पति निर्दोष छन्।