बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै
नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य
तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८
का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना
महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५
वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको
मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि
लकडाउन घोषणा गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद यही वैशाख २५
गतेसम्म छ ।
Showing posts with label corona butwal. Show all posts
Showing posts with label corona butwal. Show all posts
Monday, May 4, 2020
Monday, April 6, 2020
कोरोना भाइरस विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा “क्लोरिन“ तथा “ब्लिचिङ पाउडर“सहितको किटाणु नाशक स्प्रे छर्किएको छ
-
No comments
नगरबासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपील जारी गर्नुका साथै उपमहानगरपालिकाले नगर भित्र रहेका ३० फुटे सबै सडकमा डिसइन्फेक्सन बनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी गराए ।
ब्लिचिङ पाउडर र क्लोरिन झोलयुक्त विषादीलाई मान स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञहरूले सिफारिस गरिसकेका छन् ।तीन दिनमा उपमहानगरपालिका भित्रका सबै सडकमा उक्त क्लोरिन छरि सकिने र राहत वितरण संगै सार्वजनिक अपील पनि गरिने प्रमुख सुवेदीले जानाकारी दिए। सडक किनारमा टाँसिएर रहेका भाईरस मर्ने, किटाणु नाश हुने र सरसफाइमा समेत चासो बढ्ने प्रमुख सुवेदीको विश्वास छ ।
Subscribe to:
Posts (Atom)
