‘पार्टी एकताको शक्ति मुलुक रूपान्तरणमा उपयोग गर्न सकेनौँ’
–यो दुई वर्षको अवधि पार्टी एकतालाई सुदृढ गर्नुका साथै जनता र कार्यकर्तामा पैदा भएको उत्साहलाई शक्तिमा बदल्ने एउटा अवसर थियो । तर नेकपाले यो अवसर उपयोग गर्न सकेन भन्ने मलाई लागेको छ । औपचारिक रूपले स्थानीय रूपमै पार्टी कमिटीहरु त बने तर पार्टी एकताको उत्साहलाई ताकतका रूपमा प्रयोग गरेर दुईवटा पार्टी (नेकपा एमाले– माओवादी केन्द्र) लाई रूपान्तरण गर्ने कुरामा कमी रह्यो । त्यो कमी हुनुको पछाडिका कारण के हो जस्तो लाग्छ ?
–हामीले नयाँ पार्टी बनायौँ । नयाँ परिस्थितिमा आयौँ । नयाँ लक्ष्य राख्यौँ । तर हाम्रो सोच, कार्यशैली, प्रवृत्ति, गुटगत मानसिकता पुरानै रहे । नयाँ परिस्थिति, नयाँ संरचना र पुरानो सोच र प्रवृत्तिको चेतनाका बीचको अन्तरविरोध यसको मूल कारण हो ।
0 on: "‘ओली-प्रचण्डको कानेखुसीले पार्टीमा समस्या र अन्तरविरोध पैदा गर्यो’"