सरकारको अनुमान छ— कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख
श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा
अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर गुमाएर
फर्किने करिब दुई लाख ८० हजार श्रमिक तुरुन्तै नेपाल आउने वैदेशिक रोजगार
बोर्डको अनुमान छ ।
यसरी विदेशबाट नेपाली श्रमिक फर्किँदा यहाँ बेरोजगारी बढ्ने चिन्ता त
छँदैछ । विदेशबाट आइरहेको रेमिट्यान्स पनि गुम्ने चिन्ता छ । नेपालमा गत
आर्थिक वर्ष २०७५/७६मा आठ खर्ब ७९ अर्ब विप्रेषण (रेमिट्यान्स) भित्रिएको
थियो । मुख्यगरी प्रमुख श्रम गन्तव्य मुलुक र युरोपेली देशबाट नेपालमा ठूलो
मात्रामा रेमिट्यान्स भित्रिन्छ ।
तर, नेपाल रेमिट्यान्स भित्र्याउने मात्रै हैन, रेमिट्यान्स बाहिर
पठाउने मुलुक पनि हो । विभिन्न अध्ययनले नेपाल भित्रिने रेमिट्यान्सको करिब
एक तिहाइ पैसा रेमिट्यान्सकै रुपमा विदेशमा पुग्ने गरेको देखाएको छ ।
मुख्य रुपमा नेपालबाट भारतमा ठूलो परिमाणमा रेमिट्यान्स पुग्छ । त्यसबाहेकका अन्य मुलुकले पनि नेपालबाट रेमिट्यान्स लैजान्छन् ।
नेपालमा लकडाउनपछि धेरै भारतीय कामदार घर फर्किएका छन् । धेरैको रोजगारी
गुमेकाले लकडाउनपछि फर्किन बाँकीमध्ये पनि धेरैले नेपाल छाड्ने अनुमान छ ।
यस्तो अवस्थामा भारतीय श्रमिकले गर्दै आएको काम नेपालीले नै सम्हाले भने
के हुन्छ ? नेपालमा कार्यरत सबै विदेशी कामदारहरूलाई नेपालीले नै
विस्थापित गर्न सम्भव भइरहेको बताउँछन् । नेपाल निर्माण व्यवसायी महासंघका
अध्यक्ष रवि सिंह ।
‘यहाँ निर्माण क्षेत्रमा मात्रै पाँच लाख भारतीय दक्ष तथा अर्धदक्ष
श्रमिक काम गर्छन् । उनीहरूले गर्ने कामको तालिम सरकारले नेपालीलाई नै दिने
हो भने अरू देशका श्रमिक नै चाहिन्न,’ उनी भन्छन् ।
उद्योग क्षेत्रमा पनि भारतीय कामदारहरूको दबदबा छ । इँटा, जुट, धागो,
सिमेन्टलगायतका कारखानमा पनि धेरै भारतीय श्रमिकहरू कार्यरत छन् ।
उद्योगीहरू पनि नेपाली श्रमिकले लाज र घिन मानेर छाडेका कामलाई भारतीय
श्रमिकले सहजै स्वीकारेर गर्ने गरेकाले यस्तो अवस्था आएको बताउँछन् ।
नेपालले विदेशी कामदार बिदाइ गर्नेगरी आफ्ना मजदुरलाई परिचालित गर्नसक्ने हो भने ठूलो लाभ लिन सक्ने बताउँछन् उद्योगीहरू ।
नेपालबाटै करिब ४ खर्ब रेमिट्यान्स
सन् २०१७ मा अमेरिकाको वासिङ्टनस्थित अनुसन्धान संस्था पियू रिसर्च
सेन्टरले गरेको अध्ययनअनुसार नेपालबाट विभिन्न मुलुकले तीन अर्ब २२ करोड ६०
लाख अमेरिकी डलर रेमिट्यान्स लैजाने गरेको देखाएको थियो । अर्थात्,
नेपालबाट सो वर्ष करिब तीन खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्सका रुपमा
बाहिरिएको थियो । गत वर्ष आठ खर्ब ७९ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको
थियो । यसअनुसार नेपालमा जति रेमिट्यान्स भित्रिन्छ, त्यसको ४४ प्रतिशत
हिस्सा बाहिरिने गरेको पनि देखिएको छ ।
नेपालबाट धेरै रेमिट्यान्स लैजानेमा दक्षिण एसियाली मुलुकअघि छन् । चीन
पनि नेपालबाट धेरै रेमिट्यान्स लैजाने मुलुकको सूचीको अग्रस्थानमा छ । यो
अध्ययनले भारत, चीन, भुटान, पाकिस्तान, श्रीलंका, र बंगलादेशका लागि नेपाल
रेमिट्यान्सको स्रोत मुलुक भएको देखाएको थियो ।
अध्ययनअनुसार नेपालबाट सबैभन्दा धेरै रेमिट्यान्स भारतले लैजान्छ । सन्
२०१७ मा नेपालबाट भारतमा तीन अर्ब एक करोड ६० लाख अमेरिकी डलर (तीन खर्ब ६३
अर्ब रुपैयाँ) रेमिट्यान्स गएको थियो । यो हिस्सा नेपालबाट बाहिरिने कुल
रेमिट्यान्सको ९३.४९ प्रतिशत हो । भारतका लागि नेपाल रेमिट्यान्स स्रोत
मुलुकको सूचीमा आठौं स्थानमा पर्छ ।
अध्ययन भएकै वर्ष भारतबाट नेपालमा एक अर्ब दुई करोड १० लाख अमेरिकी डलर
अर्थात् करिब एक खर्ब २३ अर्ब रुपैयाँको रेमिट्यान्स नेपाल आएको थियो ।
यसअनुसार भारतबाट आउनेभन्दा नेपालबाट भारत जाने रेमिट्यान्स करिब दुई गुणा
बढी रहेको देखिन्छ ।
नेपालबाट चीनले पनि ठूलो रकम रेमिट्यान्सका रुपमा लैजान्छ । नेपालबाट
चीनले सन् २०१७ मा १३ करोड ९० लाख अमेरिकी डलर अर्थात् १५ अर्ब ७९ करोड
बराबरको रेमिट्यान्स आफ्नो मुलुकमा लगेको तथ्यांकमा देखिन्छ । यसअनुसार
नेपालबाट बाहिरिने रेमिट्यान्स रकमको ४.३१ प्रतिशत अंश चीनले ओगट्छ ।
नेपालबाट बाहिरने रेमिट्यान्स रकमको ९७.८० प्रतिशत रकम भारत र चीनले मात्रै
लैजाने अध्ययले देखाएको छ ।
अध्ययन भएको वर्ष नेपालबाट भुटानले तीन करोड ५० लाख अमेरिकी डलर अर्थात्
चार अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स लगेको थियो । सो वर्ष
पाकिस्तानमा तीन करोड ३० लाख अमेरिकी डलर अर्थात् करिब तीन अर्ब ९८ करोड
रुपैयाँ, श्रीलंकामा २० लाख अमेरिकी डलर अर्थात् २४ करोड रुपैयाँ र
बंगलादेशले १० लाख अमेरिकी डलर अर्थात् १२ करोड रेमिट्यान्स नेपालबाट गएको
थियो ।
अध्ययन भएको वर्ष बंगलादेशबाट छ करोड ४० लाख अमेरिकी डलर अर्थात् करिब
सात अर्ब ७२ करोड रुपैयाँ र भुटानबाट १० लाख अमेरिकी डलर अर्थात् १२ करोड
रुपैयाँ बराबरको रकम नेपालमा रेमिट्यान्सको रुपमा आएको थियो ।
Friday, May 8, 2020
रेमिट्यान्स : नेपालले भित्र्याउँछ ८७९ अर्ब, भारतले लैजान्छ ३६३ अर्ब
No related post available
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "रेमिट्यान्स : नेपालले भित्र्याउँछ ८७९ अर्ब, भारतले लैजान्छ ३६३ अर्ब"