लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको
आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र
बुद्धभूमि नगरपालिकामा छिरेका हुन् ।
कोरोना संक्रमित १० जनामध्ये ८ जना यशोधरा गाउँपालिकाको पशुपति शिक्षा
मन्दिरको क्वारेन्टाइनमा र अन्य २ जना बुद्धभूमि नगरपालिकाको अनिरुद्र
पब्लिक मावि बैदौलीको क्वारेन्टाइनमा बसेका थिए ।
बुद्धभूमिका दुईजना मध्ये एकजना वडा नंं. ७
मानपुरका र अर्का वडा नं. १० धनकौलीका हुन् । भारतबाट आएर यशोधरा
गाउँपालिका तथा कपिलवस्तु नगरपालिका र बुद्धभूमि नगरपालिकाका
क्वारेन्टाइनमा बसेका २९० जनाको स्वाब शनिबार परीक्षणका लागि राष्ट्रिय
जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकामा ९९ जनाको परीक्षण भएको भएको
थियो ।
९९ जनामा १० जनामा कोरोना संक्रमण पुष्टि
भएको हो । अन्यको रिपोर्ट नेगेटिभ आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी
दीर्घनारायण पौडेलले जानकारी दिए ।
कपिलवस्तुमा यसअघि फेला परेका ५ जना
संक्रमित पनि लकडाउनकै समयमा प्रहरीको आँखा छलेर लुकिछिपी जिल्ला प्रवेश
गरेका थिए । जिल्लाका १० पालिकाले सन्चालन गरेका क्वारेन्टाइनमा एक हजार
३७९ जना बसेका छन् ।
भारतका विभिन्न शहरबाट आएर कपिलवस्तुका
विभिन्न नाकामा अहिले पनि एक हजार बढीको संख्यामा नेपालीहरु बसिरहेका छन् ।
उनीहरुमध्ये कतिपय रातिको बेला सुरक्षाकर्मीलाई छलेर जिल्ला प्रवेश गर्ने
गरेका छन् ।
0 on: "लकडाउनको बेला भारतबाट आएका थिए कपिलवस्तुका १० संक्रमित"