कोरोना त्रासका कारण बलिउड चलचित्र उद्योग ठूलो घाटामा गएको छ । निर्माताको अर्बौं रकम जोखिममा छ ।
यस्तो अवस्थामा चलचित्र बनाउन पनि निर्मातालाई समस्या पर्ने देखिएको छ ।
किनकि, बलिउड पण्डितहरूका अनुसार करिब २ वर्ष बलिउड चलचित्रले दर्शक
हलसम्म तान्न गाह्रो छ ।
त्यसैले पनि अबको दिनमा चलचित्र कसरी निर्माण गर्ने भन्ने विषयमा बलिउडमा बहस सुरु भइसकेको छ ।
बलिउडमा चलचित्र निर्माणमा सबैभन्दा बढी रकम खर्च कलाकारमा हुन्छ।
अहिलेका चल्तीका नायकहरू एउटै चलचित्रबाट २५ देखि ३० करोडसम्म लिन्छन् ।
साहरुख खान, सलमान खान, आमिर खान लगायतका नायकहरूको पारिश्रमिक ५० करोडको
हाराहारीमा छ ।
बलिउडका पण्डितहरूले अब नायक-नायिकाले आफनो पारिश्रमिक कटौती गरेर बलिउडलाई बचाउनुपर्ने बताएका छन् ।
बलिउड समीक्षक तरण आदर्शले भारतीय मिडियासँग कुरा गर्दै बलिउड कलाकारले
पारिश्रमिक कम गर्नु नै एक मात्र विकल्प भएको बताएका छन् । उनका अनुसार
चलचित्रको बजेटको ठूलो हिस्सा नै कलाकारले लिएर जाने भएकाले यो विषयमा
कलाकारहरूले सोच्नुपर्ने बेला आएको छ ।
त्यस्तै, अर्का समीक्षक कोमल नाहटाले पनि पारिश्रमिक कटौतीबाहेक अरू
विकल्प नै नभएको तर्क गरेका छन् । उनले चलचित्रको व्यापार सुस्ताएको भन्दै
कलाकारले पारिश्रमिक कम लिनुको विकल्प अरू नभएको बताएका हुन् ।
बलिउड पण्डितहरूले अबको दिनमा बलिउडमा काम गर्ने तरिकामा परिवर्तन
ल्याउनु पर्ने तर्क दिएका छन् । यो विषयमा कुनै पनि कलाकारहरूले आजसम्म मुख
भने खोलेका छैनन् ।
तर, अब भने कलाकारले यो विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला भने आएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 on: "कलाकारले पारिश्रमिक नघटाए फिल्म बनाउनै मुस्किल"