सोमबार कोरोना संक्रमण पुष्टि भएका ६
जनामध्ये ४ जना भारतसँग सीमा जोडिएको सम्मरीमाई गाउँपालिका-७ का र २ जना
लुम्बिनी साँस्कृतिक नगरपालिकाका बासिन्दा हुन् । सम्मरीमाई-७ का ४ जना
पुरुषमध्ये तीनजना भारतबाट नेपाल भित्रिएपछि सीधै स्थानीय मदरसामा बनाइएको
क्वारेन्टाइनमा गएर बसेका थिए ।
एकजना भने भैरहवासम्म पुगेको जानकारी
आएकाले उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको रुपन्देही प्रहरी
प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए । सम्मरीमाईको मदरसाको
क्वारेन्टाइनमा उनीहरुसहित २८ जना बसेका थिए । गाउँपालिकाका ७ वटा
क्वारेन्टाइनमा १ सय ५२ जना रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत
टेकराज भट्टराईले बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं. १
र ४ का संक्रमित दुवैजना भारतको मुम्बईबाट एकसाता अघि आएका हुन् । उनीहरु
दुवैजना घर आउँदै गरेको जानकारी पाएपछि सीधै लुम्बिनी बौद्ध
विश्वविद्यालयको छात्रावासको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख मनमोहन
चौधरीले बताए ।
नगरपालिकाका क्वारेन्टाइनमा रहेका १ सय २८
जनामध्ये ६२ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको र १० जनाको
रिपोर्ट सार्वजनिक हुँदा २ जनामा संक्रमण देखिएको नगरप्रमुख चौधरीले
जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका ६ जनालाई मंगलबार
क्वारेन्टाइनबाट कोरोना विशेष अस्पताल बुटवल वा भीम अस्पताल भैरहवाको
आइसोलेसन बेडमा लगिने सम्बन्धित पालिकाका प्रतिनिधिले बताए ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका
रुपन्देहीको कोटहीमाई गाउँपालिकाका युवक पनि मर्चवारको ठोठरी नाका हुँदै
लुकिछिपी घर भित्रिएका थिए । भारतसँग सीमा जोडिएका रुपन्देहीका विभिन्न
नाका क्षेत्रमा अहिले पनि एक हजार बढी नेपाली अलपत्र अवस्थामा बसेका छन् ।
उनीहरुमध्ये कतिपय रातको समयमा सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिने
गरेका छन् ।
SUBSCRIBE THIS CHANNEL FOR MORE VESTIGE TRAINING
0 on: "दशगजाबाट लुकिछिपी आएका थिए रुपन्देहीका ६ जना संक्रमित, एकजना भैरहवासम्म पुगेका थिए"