भारतीय
मिडिया भने यो विषयमा निकै उत्तेजित देखिएका छन् । भारतका सबैजसो टेलिभिजन
च्यानलले नेपाल–भारत सीमा विवादका बारेमा ‘टक–शो’ गरेका छन् । सबैजसो
कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादको जड
पहिल्याउनुभन्दा पनि चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको
तर्कलाई प्रस्तुत गर्नमै अधिक समय र ऊर्जा खर्च गरेको पाइन्छ । जुन तथ्य
संगत नै देखिँदैन ।
कतिपयले त एटिएम ह्याक प्रकरणमा दर्जनौं चिनियाँ नागरिक नेपालमा पक्राउ परेको तथ्यलाई प्रस्तुत गर्दै चिनियाँहरु विश्वास गर्न लायक नहुने र नेपालले दुर्भाग्यपूर्ण रुपमा यतिबेला चीन कै विश्वास गर्न थालेको असुहाउँदो तर्क पनि गरेका छन् । चिनियाँ ह्याकर पक्राउ परेको घटनालाई सीमा विवादमा जबर्जस्त रुपमा तानेर विषयको गम्भीरतालाई हलुका देखाउन प्रयासरत ती मिडियाले नेपालमा कति भारतीय नागरिक आपराधिक गतिविधिमा पक्राउ परेका छन् भन्नेबारे चाहिँ खोजबिन गरेको पाइँदैन ।

भारतीय मिडियामा यस्ता हर्कत
१. कालापानी विवादमा चीनको भूमिकाः अधिकांश भारतीय टेलिभिजनले कालापानी विवादबारे बुधबार ‘टक शो’ चलाएका छन् । ‘कसको बलमा नेपालले भारतलाई आँखा तरेको ?’ जस्ता उत्तेजक र अतिरञ्जित प्रश्नका साथ उनीहरुले आफ्नो ‘टक शो’को भूमिका बाँधेको पाइन्छ ।

0 on: "सीमाको विषयमा यसरी एकजुट भयो नेपाल, भारतीय मिडियामा मनिषादेखि मिनेन्द्रसम्म"