मुलुकको
अर्थतन्त्रको प्राथमिक आधार क्षेत्र मध्यको एक पर्यटन हो । यो क्षेत्रको
राष्ट्रिय उत्पादन कुल ग्राहस्त उत्पादन (जीडीपी) मा झण्डै ७ प्रतिशतको
योगदान रहेको छ । पर्यटन रोजगारीको प्रमुख क्षेत्र पनि हो । झण्डै ५ लाख
नेपालीहरु प्रत्यक्ष–परोक्ष रुपमा पर्यटन व्यवसायमा आवद्ध छन् । अहिले यहि
क्षेत्र विश्व महामारीको रुपमा फैलिरहेको कोरोना अर्थात् कोभिड–१९ को उच्च
चपेटामा परेको छ । पर्यटनले अहिलेसम्म भोग्नु नपरेको ठूलो क्षेत्री
व्यहोर्नु परिरहेको छ ।प्रारम्भिक
तथ्याङ्गलाई हेर्ने हो भने नेपालको समग्र पर्यटन उद्योग(क्षेत्र) मा करिब १
खर्ब ५० अर्ब बराबरको लगानी देखिन्छ । यो तथ्याङ्ग नेपाल राष्ट्र बैङ्कको
हो । तर यता पर्यटन बोर्डले विभिन्न खोज तथा अनुसन्धानबाट तयार गरेको
रिपोर्टले भने झण्डै १ खर्ब ७० अर्ब बराबरको लगानी देखाएको छ । यो लगानी
पर्यटन र पर्यटनसँग जोडिएका पर्वातारोहण, क्लाइम्बिङ्ग, ¥याफ्टिङ्ग, होटल,
रेष्टुरेन्ट, एभियसन(हवाई) लगायत विविध पर्यटन व्यापार व्यवसायहरुमा गरिएको
लगानी हो ।त्यतिमात्र
होइन यहि पर्यटन क्षेत्रमा बैङ्किङ्ग क्षेत्रको मात्र करिब ५४ अर्ब
रुपैयाँ बराबरको कर्जा लगानी रहेको अनुसन्धानले देखाएको छ । SUBSCRIBE THIS CHANNEL FOR VESTIGE TRAINING IN THIS LUCKDOWN FREE
Monday, May 11, 2020
कोरोना महामारी : भ्रमण वर्ष २०२० लाई लक्षित लगानी उच्च जोखिममा
No related post available
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "कोरोना महामारी : भ्रमण वर्ष २०२० लाई लक्षित लगानी उच्च जोखिममा"