प्रदेश नम्बर २ मा कोरोना संक्रमित १०० जना नाघे
बिहीबार
बिहान सर्लाही, धनुषा र महोत्तरीमा पनि ५ जना नयाँ संक्रमित थपिएसँगै
प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा
जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर २ मा सबैभन्दा पहिले पर्साको वीरगन्जमा कोरोनाको पहिलो केस देखिएको थियो । त्यसयता अहिलेसम्म प्रदेश नम्बर २ का ७ जिल्लामा कोरोनाको संक्रमण देखिइसकेको छ ।
हाल सिरहामा भने कोरोनासंक्रमित फेला परेका छैनन् ।
प्रदेश २ का कुन जिल्लामा कति संक्रमित ?
पर्सामा हालसम्म ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बारामा ३, धनुषामा ५, रौतहटमा ३, महोत्तरीमा ४, सर्लाहीमा २ र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसपछि प्रदेश ५ मा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी प्रदेश १ मा ३५, बागमतीमा ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने हालसम्म कोरोना मुक्त छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।
हालसम्मको जिल्लागत विवरण
0 on: "प्रदेश नम्बर २ मा कोरोना संक्रमित १०० जना नाघे"