असन्तुष्ट सदस्य भन्छन्, 'बैठकै नबसी पार्टी चलाउने अभ्यास टिक्दैन'
कोरोना
महामारीले मुलुक ठप्प जस्तै छ । यो महामारीपछि मुलुकलाई कसरी चलायमान
बनाउने ? आर्थिक गतिविधि कसरी पुनर्ताजगी गर्ने ? बेरोजागारलाई कसरी
रोजगारीको सिर्जना गर्ने ? विदेशमा अलपत्र परेकालाई कसरी स्वदेश ल्याउने
लगायतका जल्दाबल्दा प्रश्न सबै राजनीतिक दलमा उठिरहेका छन् । यी विषयमा
अहिले नै योजना तर्जुमा नगरे स्थिति भयावह हुनसक्ने विज्ञहरुले चेतावनी पनि
दिँदै आएका छन् ।कोरोना
महामारीकै अवस्थामा सरकारलाई आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम
र बजेट ल्याउनुपर्ने बाध्यता पनि छ । एकातिर कोरोना महामारी, अर्कोतिर
बजेटको चपेटामा परेको सरकारले त्यसबाहेक मुलुकको सार्वभौमिकता माथिको
हस्तक्षेप विरुद्ध एक्सनमा जानुपर्ने बाध्यता छ । नेपाली
भूमिमा भारतले एकतर्फी ढङ्गले सडकमार्ग खोलेर गरेको नाङ्गो हस्तक्षेपका
विरुद्ध सिङ्गो मुलुकले एकीकृत आवाज उठाइरहेको छ । तर सरकारले बलियो खुट्टा
टेक्छ टेक्दैन भन्ने आशङ्का उब्जिरहेको छ ।राजनीतिक
रूपमा छलफल गर्नुपर्ने यस्ता धेरै विषय छन् । तर सरकारको नेतृत्व गरेको
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा यी कुनै पनि विषयमा पार्टी कमिटीहरुमा
पर्याप्त छलफल हुनु त परैजावस् विधानअनुसारको बैठकको माग गर्दा समेत यो वा
त्यो बहानामा बैठक धकेल्ने प्रयास भइरहेको छ ।राजनीतिक
रूपमा छलफल गर्नुपर्ने यस्ता धेरै विषय छन् । तर सरकारको नेतृत्व गरेको
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा यी कुनै पनि विषयमा पार्टी कमिटीहरुमा
पर्याप्त छलफल हुनु त परैजावस् विधानअनुसारको बैठकको माग गर्दा समेत यो वा
त्यो बहानामा बैठक धकेल्ने प्रयास भइरहेको छ ।
0 on: "नेकपा स्थायी समिति बैठक तत्काललाई ‘डिसमिस ’!"