चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत
दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट
काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो ।
मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो ।
यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका
सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताए । ‘यो सामग्री नेपाली
सेनाका लागि सहयोगबापत आएका हो,’ ती अधिकारीले भने, ‘कोभिड–१९ विरुद्ध लड्न
सेनाले यो सामग्री प्रयोग गर्नेछ ।’
सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त ग¥यो भन्ने खुलाइएको छैन ।
यसअघि चीन सरकारले नेपाल सरकारलाई पनि मेडिकल सामग्री सहयोग गरेको थियो ।
Tuesday, May 12, 2020
चिनियाँ सेनाले आफ्नै विमानमार्फत नेपाल ल्याइदियो मेडिकल सामग्री
No related post available
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "चिनियाँ सेनाले आफ्नै विमानमार्फत नेपाल ल्याइदियो मेडिकल सामग्री"