नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र
भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद
गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् ।
‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ
। हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको काम भयो,’ संसदको
अन्तर्राष्ट्रिय समितिमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विवाद
सधैंभरि गर्नुछ भने त्योभन्दा राम्रो त कन्ट्रोल गर्नेतिर जानुपर्यो ।
त्यसको निम्ति काँडेतार लगाएर हुन्छ कि, पर्खाल खडा गरेर हुन्छ कि ।
सधैंभरि विवाद गर्नुभन्दा त केही उपाय गर्नु राम्रो ।’
Subscribe to:
Post Comments (Atom)
0 on: "भारतसँग विवाद गरिरहनुभन्दा सिमानामा पर्खाल लगाउनु राम्रो : माधव नेपाल"