अर्थतन्त्र जोगाउने नाममा गरिन थालिएको खुकुलोपना घातक हुने चेतावनी
कोरोनाको
संक्रमण कम हुँदै गएपछि लकडाउन खुकुलो बनाउँदै गएको चीन, जर्मनी र दक्षिण
कोरियामा कोरोनाको संक्रमण फेरि बढ्दै गएको छ । यसले लकडाउनलाई खुकुलो
बनाउँदै गएका तथा बनाउने तयारी गरिरहेको युरोप, अमेरिका लगायत विश्वभरिकै
देशहरुमा कोरोना संक्रमणको नयाँ लहर आउन सक्ने खतराको घण्टी बजाइदिएको छ ।
अहिलेसम्म
संसारभरिमा कोरोनाले ४२ लाख बढीलाई संक्रमित तुल्याइसकेको छ भने यसैको
कारण २ लाख ८४ हजार बढीको मृत्यु भइसकेको छ । अप्रिल महिनाको अन्त्यतिर
कोरोना संक्रमितको संख्या विश्वव्यापी रुपमै कम हुँदै गइरहेकोमा अहिले फेरि
त्यो बढ्न थालेका छ । यतिखेर कोरोनाको संक्रमण पश्चिम युरोप र अमेरिकाबाट
अफ्रिका, दक्षिण अमेरिका, दक्षिण एशिया र पूर्व सोभियत संघका देशहरुमा
फैलिँदै गइरहेको देखिन्छ ।
सबैभन्दा
पहिले कोरोनाभाइरस संक्रमण देखापरेको चीनमा कोरोना करिब करिब पूर्णतः निको
भएको ठानिएकोमा फेरि नयाँ रोगीहरु देखापर्न थालेका छन् । गत मे ४ मा
मात्रै चीनमा कोरोनाका नयाँ १४ रोगीहरु देखापरे जसमध्ये १ जना त त्यो
भाइरसको उद्गम मानिएको हुवेई प्रान्तका छन् । यो यसकारण पनि चिन्ताजनक छ कि
विगतका केही हप्ताहरुमा चीनमा संक्रमितको संख्या १ अंकमा झरेकोमा अहिले
फेरि त्यो २ अंकमा पुगेको छ ।
0 on: "खेलाँची होइन कोरोनाभाइरस : चीन, कोरिया र जर्मनीमा फेरि संक्रमणले टाउको उठाउँदै"