प्रधानमन्त्री जोन्सन र उनकी पत्नी केरी साइमन्सले आफ्नो छोराको नाम दुई जना डाक्टरको नामबाट राखेको बीबीसीले जनाएको छ ।
उनीहरुले आफ्नो छोरोको नाम ‘विल्फेड लोरी
निकोलस जोन्सन’ राखेका छन् । केरीले इन्सटाग्राममा नवजात शिशुको फोटो र
उसको नाम शेयर गर्दै लेखेकी छन्, ‘यसको नाम आफ्नो हजुरबुवा-हजुरआमा र
बोरिसलाई उपचार गर्ने डाक्टरलाई सम्मान दिनका लागि राखिएको छ ।’
छोरोको पहिलो नाम प्रधानमन्त्री जोन्सनको
हजुरबुवाको नामबाट, दोस्रो नाम आफ्नै हजुरबुवाको नामबाट र बीचको नाम
निकोलस, डाक्टर निक प्राइस र डाक्टर निक हार्टको नामबाट राखिएको छ । यी दुई
डाक्टरहरुले प्रधानमन्त्री जोन्सनको उपचार गरेका थिए ।
उनले बोरिसको उपचार भएको युनिभर्सिटी कलेज
लण्डन हस्पिटलका कर्मचारीहरुलाई धन्यवाद दिँदै लेखेकी छन्, ‘मेरो खुसीको
सीमा छैन, मेरो हृदय भरिएको छ ।’
डाक्टरहरुको नामबाट आफ्नो बच्चाको नाम
राखिनुले कोरोनाबाट प्रधानमन्त्री जोन्सनको अवस्था गम्भीर थियो भनेर अनुमान
गर्न सकिने बीबीसीले लेखेको छ ।
प्रधानमन्त्री जोन्सनलाई २६ मार्चमा
कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई लण्डनको सेन्ट थोमस
अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य गम्भीर भएपछि उनलाई आईसीयूमा
राखिएको थियो । अहिले पूर्णरुपमा स्वस्थ भएपछि उनी नियमित काममा फर्किएका
छन् ।
उनले सन पत्रिकालाई दिएको एक
अन्तर्वार्तामा डाक्टहरुले कयौं लिटर अक्सिजन दिएर आफूलाई बचाएको बताएका
छन् । अस्पतालबाट कहिर घर जना पाइएला भनेर आफूले सोच्ने गरेको पनि उनले
बताएका छन् । ‘विश्वासै गर्न नसकिने गरी केही दिनमै मेरो स्वास्थ्य
नराम्रोसँग बिगि्रएको थियो,’ उनले भने ।
उनले आफ्नो ज्यान जोगाइदिएकोमा अस्पतालका डाक्टर र कर्मचारीहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
0 on: "बेलायतका प्रधानमन्त्रीले डाक्टरको नामबाट राखे छोरोको नाम"