केही थुनुवालाई महानगरीय प्रहरी वृत्त सोह्खुट्टे स्थानान्तरण गरिएपछि परिसरमा थुनुवाको संख्या शुन्य भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले ६५ वर्षको इतिहासमा पहिलो पटक थुनुवा कक्ष खाली भएको बताए ।
‘नेपाल प्रहरी विसं २००७ सालमा स्थापना भएपनि ऐन २०१२ सालमा आएको हो, सोही वर्षलाई औपचारिक स्थापना भएको मान्दै आएका छौं,’ एसएसपी ज्ञवालीले भने, ‘त्यसपछि काठमाडौंको हिरासतकक्ष खाली भएको थिएन, लकडाउनको असर, अहिले कुनैपनि थुनुवा छैनन् ।’ वैशाख १५ बाट हिरासत कक्ष खाली भएपछि सरसफाई र रंगरोगन भइरहेको उनले बताए । चैत ११ गतेबाट लकडाउन घोषणा भएपछि परिसरमा नया मुद्दा दर्ता भएका छैनन् । काठमाडौं प्रहरी कार्यालय हनुमानढोकामा हुदा ४ सय ५०को हाराहारीमा थुनुवा हुन्थे ।
0 on: "२०१२ सालपछि पहिलोपटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली (तस्बिरहरू)"