अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति
दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी
कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो ।
यो औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिइनेछ ।
गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि
प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको हो । यो औषधिले
मानिसहरु छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ ।
अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो ।
अध्ययनको क्रममा यो औषधि दिएका बिरामीहरु अन्य बिरामीको तुलनामा छिटै निको
भएको पाइएको थियो । यो औषधि दिएका मानिसहरु औसतमा ११ दिनमा निको भएर घर
फर्किन सक्छन् । तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ ।
यो औषधिले मृत्यु हुनेको संख्यामा पनि कमी आउन सक्ने बताइएको छ । कोरोना
भाइरसको औषधि अहिलेसम्म पत्ता नलागेको र अझै यसको खोप आउन एक वर्षभन्दा
लामो समय लाग्न सक्ने बताएकाले अहिले अन्य रोगको लागि बनाइएको औषधिको
परीक्षण कोरोना भाइरस नियन्त्रणको लागि भइरहेको छ ।
यसैबीच गिलेडले १५ लाख शिशि औषधि अनुदानमा दिने र यसको उत्पादन बढाउने निर्णय गरेको छ ।
यद्यपि यसअघि चीनले गरेको परीक्षणमा भने रेमडेसिभिर कोभिड–१९ को उपचारमा निष्प्रभावी रहेको बताएको थियो ।
Friday, May 1, 2020
अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति
Similar Posts
प्रवेशिका परीक्षा दिने बिद्यार्थी ठुला शहरमा मात्र पढ्दैनन। केन्द्र अनुसार गाउँबाट परीक्षा दिन सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता पनि हुन्छ। स्थगन गर्ने पनि समय हुन्छ होला त। #SEE #Nepal
इंडियाले अहिलेसम्म कतिजानालाई covid टेस्ट अचामा मनूहोला indias testing number of corona virus upto date
डाक्टर साब हजुर पनि मधेसी हो कि खुशुक्क आमा लाई सोधनु त्
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति"