कोरोनाको महामारी फैलिनुअघि जन हप्किन्स विश्वविद्यालयद्वारा सञ्चालित
जनसंख्यादेखि लिएर पर्यावरणसम्मका विश्वका विविध तथ्यांक दैनिक देखाउने
वल्ड्रोमिटरबारे मलाई जानकारी थिएन। महामारीको कहर विश्वव्यापी हुँदै गएपछि
भने संसारका अन्य करोडौं मानिसझैँ म पनि दिनदिनै वल्ड्रोमिटरकोे तथ्यांक
हेर्न थालेँ।
हुन त वल्ड्रोेमिटर तथा द वल्र्डकाउन्ट जस्ता साइटको तथ्यांक शतप्रतिशत
सही नै हुन्छ भन्ने छैन। वल्ड्रोमिटरले कोरोना संक्रमित र मृत्युदर
भएकोभन्दा कम देखाइरहेको छ भन्ने आरोप पनि लागेको छ। तर, अहिले संसारका
प्रायःजसो अन्तर्राष्ट्रिय संघसंस्था र सरकारहरूले कोरोनाबारे आधिकारिक
अभिव्यक्ति दिँदा यिनै तथ्यांकहरूलाई उद्घृत गर्ने हुँदा यिनको तात्कालिक
महत्व छँदै छ। त्यसैले वल्ड्रोमिटरका तथ्यांकको सीमितता स्वीकार गर्दै आजको
यस लेखलाई त्यही उपलब्ध तथ्यांकमा आधारित गरेको छु।
जति तथ्यांक हेर्दै गएँ, उति नै मनको छटपटी बढ्दै गयो। मार्चको मध्यतिर
आइपुग्दा संक्रमित हुने र मृत्यु हुनेको संख्या झन् बढ्यो, ‘पचास हजार, एक
लाख, तीस लाख’। संक्रमितको संख्या जनाउने रेखा दिनदिनै उक्लँदै गयो,
मृत्युदरको रेखा पनि। धेरै समयसम्म त नेपाल ग्रीन जोनमै रह्यो। संक्रमित १,
निको भएको १, नयाँ संक्रमण शून्य। तर, स्थिति त्यस्तै रहिरहेन।
हेर्दाहेर्दै संक्रमितको संख्या ५० नाघ्यो।
यसैताका वल्ड्रोमिटरको अर्को तथ्यांक हेर्न पुगेँ। हरेक दिन संसारमा
लगभग २० हजार मानिस खान नपाएर मर्दा रहेछन्। यो देखेपछि सोच्न बाध्य भएँ–
यतिका मानिस हरेक दिन भोकमरीले मर्दा पनि किन अहिलेसम्म यसतिर धेरैको ध्यान
गएको छैन ? किन हामी कोरोनासित जोडिएका तथ्यांकप्रति यति अपडेट छौँ तर
भोकमरीका तथ्यांकप्रति असंवेदनशील ?
कारणहरू प्रस्टै छन्। पहिलो कारण– भोकमरीले बढीजसो गरिब देशका गरिब मानिस
मात्र मर्छन्। कोरोनाले धनी, गरिब, नारी, पुरुष सबैलाई मार्न सक्छ। दोस्रो
कारण– भोकमरी कोरोना विपरीत एक व्यक्तिबाट अर्कोमा सर्दैन। त्यसैले
उदारवादी उच्च तथा मध्यम वर्गकाहरूले खान नपाएकाहरूप्रति ‘दयामाया’
देखाउँदै, केही ‘परोपकारी’ राहत बाँड्दै, तथा एक किसिमको आनन्द वा
‘उदारवादीकिक’ महसुस गर्दै आफूलाई भोकमरीको सामाजिक रोगबाट पर राख्न मिल्छ।
Subscribe to:
Post Comments (Atom)
0 on: "संरचनाको पीँधमा रहेकाहरूको पक्षमा"