१६जनाकोरोना संक्रमितभेटिएको नेपालगन्ज उपमहानगरपालिका–८जोलहनपुरवाका
तीनसय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको छ । शुक्रबार एक व्यक्तिमा
कोरोना देखिएकोमा थप १५ व्यक्तिमा संक्रमण फैलिएको आइतबार पुष्टि भएको हो ।संक्रमितहरूको सम्पर्कमा आएका थप व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने
प्रयास जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनीहरू
एक महिनायता स्थानीयमाझ घुलमिल भइसकेकाले टोलभरिका बासिन्दाको स्वाब संकलन
गर्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।जनस्वास्थ्य
कार्यालयका भाइरस स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार एकै दिन यति धेरै
संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरपालिका कोरोना भाइरसको ‘हटस्पट’
बनेको छ । चिकित्सकले यो घटनापछि नेपालगन्जमा कोरोना ‘कम्युनिटी
ट्रान्समिसन’ (संक्रमितबाट अर्को व्यक्तिमा सरेको) भइसकेको र संक्रमण
तेस्रो चरणमा प्रवेश गरेको जनाएका छन् । ‘कोरोनाको चरण यकिन गर्ने
स्वास्थ्य मन्त्रालयले हो । तर नेपालगन्जमा कम्युनिटी ट्रान्समिसन
भइसक्यो,’ भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा
मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले भने, ‘कोरोनाको संक्रमण दोस्रो
चरणको बोर्डर नाघिसक्यो ।’महेन्द्र पार्कका तीन संक्रमित एकै परिवारका छन् । शुक्रबार संक्रमण
पुष्टि भएका डीएसपी रोडका ६० वर्षीय व्यक्तिको परिवारका सदस्यको अझै जाँच
हुन बाँकी छ । उनीहरूलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा
राखिएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका स्रोतव्यक्ति नरेश
श्रेष्ठले आइतबारको घटनाले महामारीको संकेत गरेको प्रतिक्रिया दिए । ‘यो
घटनाले एक व्यक्तिबाट अर्कोमा सरेको देखिन्छ । आइतबार संक्रमण पुष्टि भएका
व्यक्ति पनि थुप्रैसँग सम्पर्क गरेका हुन सक्छन्,’ उनले भने, ‘त्यसैले
अवस्था निकै जटिल बनेको छ ।’
लकडाउनका बेला नेपालगन्जबाट छिमेकी
जिल्ला बर्दिया, दाङ र कर्णाली प्रदेशका सर्वसाधारण घर फर्किएका छन् ।
जसकारण बाँकेसँगै छिमेकी जिल्ला पनि उच्च जोखिममा परेका छन् । नेपालगन्जमा
संक्रमित भेटिएको बस्ती निकै घना छ । स्थानीय बासिन्दा लकडाउनका बेला पनि
एकअर्काको घरमा आउजाउ गर्दै आएका थिए ।
0 on: "नेपालगन्जमा संक्रमितसँग भेटेका तीन सयको ‘कन्ट्याक्ट ट्रेसिङ’"