नेपालमा दोस्रो कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको रुपमा अस्पताल भर्ना भएकी युवतीले सेल्फ आइसोलेसन कोरोनाबाट जोगिने सबैभन्दा महत्वपूर्ण भएको बताएकी छन्। शनिबार २७ दिन लामो अस्पताल बसाईंपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन्।
अस्पतालबाट डिस्चार्ज भएपछि युवतीले आफ्नो
कुरा सञ्चारमाध्यममा राख्ने बताएपछि मन्त्रालयले उनका कुरा शनिबारको
नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो।
‘संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन
सबैभन्दा महत्वपूर्ण कुरा हो’, पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘म
पनि सेल्फ आइसोलेसनमा बसेकै कारण मेरो परिवारमा यो संक्रमण हुन पाएन्।’
कतारको दोहा हुँदै काठमाडौं फर्किएकी
युवतीका अनुसार उनका भियतनामी साथीलाई कोरोना देखिएपछि उनी परीक्षणका लागि
अस्पताल गएकी हुन्। ‘नेपाल आएको चौथो दिनमा भियतनामी साथीले आफूलाई कोरोना
पोजिटिभ भएको बताएपछि म टेकुँ आए’, उनले भनिन्, ‘त्यो बेला लक्षण थिएन्।
मलाई भएको शंका थिएन। तर, दुई दिनपछि मलाई पनि पोजिटिभ देखिएको थियो। ’
0 on: "कोरोना जितेकी युवती भन्छिन्, ‘सेल्फ आइसोलेसन सबैभन्दा महत्वपूर्ण’"