जेठ अन्तिमभित्र एसईई गराउन सके शैक्षिक सत्र भत्किँदैन : शिक्षामन्त्री गिरिराजमणि पोखरेल
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण शिक्षण संस्था लामो समयसम्म बन्द हुन पुगेका छ्न् । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भए पनि रिजल्ट आउन सकेका छैनन् भने १० देखि १२ कक्षाका परीक्षा स्थगित भएका छन् । अब ती परीक्षा कसरी
सम्पन्न गर्ने ? कोरोना सङ्क्रमणको कहर लामो समय रहे शैक्षिक संस्था कसरी खुलाउने वा वैकल्पिक उपायबाट शिक्षण पद्धतिको विकास गर्ने भन्नेमा शिक्षा मन्त्रालय गृहकार्यमा जुटेको छ । त्यसका लागि विज्ञहरु सम्मिलित छुट्टाछुट्टै समिति बनाएर वर्कआउट भइरहेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको भनाइ छ । शैक्षिक सत्र नै तल–माथि हुन सक्ने खतरा बढेपछि मन्त्रालयले पढाइबारे तयारी गरेको हो । लकडाउन लम्बिएर शैक्षिक संस्था खोल्न नै नसक्ने अवस्था आए अनलाइन, रेडियो र टिभीमार्फत पठनपाठन अघि बढाउने सरकारको तयारी छ । त्योबाहेक एसईई परीक्षा कसरी गर्ने भन्ने पनि सरकारलाई टाउको दुखाइको विषय बनेको छ । मन्त्रालय जेठ अन्तिम सातासम्म भए पनि एसईई गर्न सके शैक्षिक सत्र भत्कन नपाउने निष्कर्षमा पुगेको छ । कोरोना सङ्क्रमणमा कमी नआए हिजोकै मोडलमा कुनै पनि परीक्षा गर्न सम्भव देखिँदैन । त्यसका लागि विद्यमान परीक्षाको मोडल परिवर्तन गर्नेदेखि परीक्षा केन्द्रहरुमा समेत व्यापक फेरबदल हुनेछन् । कोरोनाका कारण शिक्षा क्षेत्रम परेको प्रभावपछि सरकारले कस्तो योेजना बनाउँदैछ ? शैक्षिक सत्र भत्कन नदिन के के उपायमाथि छलफल भइरहेको छ भनेर रातोपाटीका फणिन्द्र नेपालले शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग प्रश्न गरेका छन् । प्रस्तुत छ मन्त्री पोखरेलसँगको कुराकानी
हामीले विज्ञहरुसँग छलफल गरिरहेका छौँ । किनभने यसमा राजनीतिक निर्णयभन्दा पनि विज्ञहरुले दिने सल्लाह र सुझावका आधारमा अघि बढ्नु वैज्ञानिक हुन्छ । सामान्यतया देशभरका २४३ वटा स्कुलहरुमा क्वारेन्टाइन छ । विश्वविद्यालयका कतिपय क्याम्पसहरु पनि क्वारेन्टाइन बनेका छन् । त्यस्तै परे विश्वविद्यालयहरुलाई अझै क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा पनि आइरहेको छ ।
कोरोना सङ्क्रमणका कारण मुलुक एक महिना लामो लकडाउनमा छ । यसबाट शैक्षिक गतिविधि पनि प्रभावित भएका छन् । यस्तो बेला शैक्षिक गतिविधि सुचारु गर्न सरकारले के सोच्दैछ ?
–पहिलो कुरा त लकडाउन वा बन्दाबन्दी वैशाख १५ गतेसम्मका लागि छ । मेरो बुझाइमा त्यो भन्दाअगाडि १३ गतेतिर मन्त्रिपरिषद् बैठक बस्छ र यसको समीक्षा हुन्छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यस्तो बेला देशको परिस्थितिको पनि ठीक ढङ्गले मूल्याङ्कन गर्नुपर्छ । साथै छिमेकी देश भारतको अवस्था कुन हिसाबले अघि बढ्छ भन्नेमा पनि ध्यान दिनुपर्छ र विश्वको स्थिति पनि कस्तो हुन्छ भनेर हेर्नुपर्ने हुन्छ । कतिपय मुलुकमा यो भाइरसको सामान्यीकरण भइसकेपछि पनि स्कुलहरु खुलेका छैनन् । अहिलेसम्म कोभिड–१९ को भ्याक्सिन बनिसकेको छैन । यसले गर्दा हामी जोखिमकै बीचमा छौँ । यो क्रममा हामीले भौतिक दूरी कायम गर्दै शैक्षिक गतिविधि अगाडि बढाउनुपर्ने हुन्छ ।

तत्काललाई अनलाइन, मोबाइल र टेलिफोनबाट र भौतिक दूरी कायम गर्दै भर्ना प्रक्रियाका लागि सोधपुछ र तयारी गरिराख्नुस् भनेका छौँ । १० र ११ को परीक्षा गर्ने कि नगर्ने भन्ने नयाँ सोच पनि आएका छन् । कतिपय मुलुकहरुले पछिल्लो आनतरिक मूल्याङ्कनमा प्राप्त सक्षमतालाई नै मान्यता दिएर पनि गएका छन् ।
भौतिक दूरी कायम गरेर शैक्षिक संस्था खोल्न सकिन्छ ? त्यो कति सम्भव छ ?
–यसमा हामीले विज्ञहरुसँग छलफल गरिरहेका छौँ । किनभने यसमा राजनीतिक निर्णयभन्दा पनि विज्ञहरुले दिने सल्लाह र सुझावका आधारमा अघि बढ्नु वैज्ञानिक हुन्छ । सामान्यतया देशभरका २४३ वटा स्कुलहरुमा क्वारेन्टाइन छ । विश्वविद्यालयका कतिपय क्याम्पसहरु पनि क्वारेन्टाइन बनेका छन् । त्यस्तै परे विश्वविद्यालयहरुलाई अझै क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा पनि आइरहेको छ । सङ्क्रमणबाट पहिला सुदूरपश्चिम प्रदेश आक्रन्त भयो । अहिले उदयपुरका कारण प्रदेश १ मा देखिएको छ । प्रदेश २ पनि जोखिममुक्त छैन । त्यसकारण मन्त्रिपरिषदले लकडाउनको मोडल कस्तो बनाउँछ भन्ने आधारमा शिक्षा क्षेत्र कसरी जाने भन्ने निर्धारण हुन्छ । तर मैले बन्दाबन्दी खुलेको एक सातामा परीक्षा भइसकेका १ देखि ९ कक्षासम्मकोे रिजल्ट निकाल्नुस् भनेको छु । तर अहिले होइन, मन्त्रिपरिषदले परिस्थितिको मूल्याङ्कन गर्छ । त्यसको आधारमा एकरूपतासहित रिजल्ट निकाल्नुस । रिजल्ट निकालेको अर्को सातामा भर्ना प्रक्रिया अगाडि बढाउन सकिन्छ । सामान्यतया वैशाख २ गतेबाट भर्ना सुरु हुने र २१ गतेसम्ममा पठनपाठनमा जाने विगतको प्रणाली हो । त्यो काणबाट हेर्दा अहिलेसम्मकै अवस्थामा शैक्षिक सत्र भत्किसकेको छैन । ११ र १२ को परीक्षा वैशाख ८ र ११ बाट थियो । त्यसलाई हामीले रोक्यौँ ।

पुरानै विधि र प्रक्रियाबाट अबको पठनपाठन सम्भव छ ? यसबारे के गर्दैछ शिक्षा मन्त्रालय ?
–तत्काललाई अनलाइन, मोबाइल र टेलिफोनबाट र भौतिक दूरी कायम गर्दै भर्ना प्रक्रियाका लागि सोधपुछ र तयारी गरिराख्नुस् भनेका छौँ । १० र ११ को परीक्षा गर्ने कि नगर्ने भन्ने नयाँ सोच पनि आएका छन् । कतिपय मुलुकहरुले पछिल्लो आनतरिक मूल्याङ्कनमा प्राप्त सक्षमतालाई नै मान्यता दिएर पनि गएका छन् । यो पनि एउटा बाटो हो तर हाम्रो नेपाली समाज परीक्षामुखी, घोक्ने र तीन घण्टा लेखेर सक्षमता प्राप्त गर्ने पद्धतिबाट हुर्किएको छ । यस्तोे बुझाइ भएकाले मैले पहिला पनि भन्दै आएको थिएँ सिकाइ केन्द्रित सुधार र परिवर्तनको दिशामा जानुपर्ने आवश्यकता थियो । यो सङ्कटले हामीलाई त्यही दिशामा लैजान्छ । यो वर्षको सन्दर्भमा सकेसम्म म परीक्षा गराएरै टुङ्ग्याउने पक्षमा छु ।

0 on: "‘हिजोकै ढङ्गबाट एसईई परीक्षा सम्भव छैन, एकै दिन तीन सिफ्ट गर्न सकिन्छ’"