Saturday, April 18, 2020
बंगलादेशका नेपाली विद्यार्थी भन्छन्– घर फर्काइदेऊ सरकार
पूर्वी नेपालको फूलबारी नाकाबाट थोरै दुरीमा रहेको सार्क राष्ट्र बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु त्यहाँ कोरोनाको संकट बढ्दै जाँदा त्रस्त बनेका छन् । उनीहरु चाँडोभन्दा चाँडो नेपाल फर्कन चाहन्छन् ।
कोरोना संक्रमण फैलिन थालेपछि बंगलादेश सरकारले त्यहाँ गत मार्च २६ देखि देशब्यापी लकडाउन घोषणा गरेको छ । तर, लकडाउनको राम्ररी पालना भएको छैन । अहिले पनि सडकमा आवागमन बाक्लै रहेको स्थितिमा कोरोनाको प्रकोप फैलिन सक्ने आशंकाले नेपाली विद्यार्थीहरु चिन्तित बनेका हुन् ।
ढाकाको युनिभर्सिटी डेन्टल कलेजमा अध्ययनरत विद्यार्थी गरिमा सुवेदीले आफूहरु अन्योल र त्रासको अवस्थामा रहेको बताइन् । अनलाइखबरसँग टेलिफोन सम्पर्कमा उनले भनिन्, ‘नेपालमा भन्दा कोरोनाको संक्रमण यहाँ धेरै बढी छ । हामी आफ्नै देश फर्कन चाहन्छांै ।’
कलेजको होस्टलमा बस्दै आएकी गरिमाले आफूसँगै करिब डेढ दर्जन नेपाली विद्यार्थी त्यहाँ रहेको बताइन् । उनीहरुमध्ये ११ जना छात्रा छन् । उनीहरुको अन्तिम वर्षको परीक्षा चलिरहेको थियो, तर लकडाउनले रोकियो ।
‘हाम्रो परीक्षा चलिरहेकाले चाँडै नेपाल फर्कन पाएनौं, परीक्षा रोकिँदासम्म नेपालमा लकडाउन भइसकेको थियो,’ गरिमाले सुनाइन् ।
आफ्नो कलेजमा अध्ययन गर्ने अरु सबै विदेशी विद्यार्थीहरुलाई सम्वन्धित देशले नै प्रबन्ध मिलाएर घर फकाइसकेको उनले बताइन् । गरिमाका अनुसार होस्टलमा अब विदेशी भनेको नेपाली विद्यार्थी मात्रै छन् ।
‘भुटानले समेत प्लेन चार्टर गरेर आफ्ना विद्यार्थी फिर्ता लग्यो, हाम्रो चाहिँ अहिलेसम्म केही पहल भएको छैन,’ उनले भनिन् ।
बंगलादेशमा ३/४ हजारको संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । कोरोनाको त्रास बढ्दै गएपछि अधिकांश विद्यार्थी घर फर्किएको नेप्लीज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नवीन यादवले बताए ।
यादवका अनुसार अहिले करिब ७ सय नेपाली विद्यार्थी मात्र बंगलादेशमा छन् ।
No related post available
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "बंगलादेशका नेपाली विद्यार्थी भन्छन्– घर फर्काइदेऊ सरकार"