उदयपुरमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्रियुगा नगरपालिका ३
भुल्केस्थित मस्जिदमा बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना
पोजेटिभ पाइएको हो। अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको स्वास्थ्य
तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए ।
भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार
सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब
नमुना लिएको थियो।
उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो।
सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै
केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक जानकारी दिएको छैन
।
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम
प्रदेशमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ जना चिकित्सक पठाएको
छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी /एमएसमा अध्ययनरत ३४
चिकित्सकलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको
कार्यालयबाट परिचालन हुनेगरी पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार जहाज चार्टड गरी ३४ जना चिकित्सकलाई त्यहाँ पठाइएको स्वास्थ्य
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए। सुदूपश्चिम प्रदेशमा
कोरोनाको रोकथाम र नियन्त्रणका लागि थप जनशक्ति आवश्यक भएकाले चिकित्सक
पठाएको नियमित पत्रकार सम्मेलनमा डा.देवकटोले जानकारी दिए।
उनका अनुसार चिकित्सकलाई एक महिना अवधिका लागि पठाएको र आवश्यकताअनुसार
त्यो अवधि थपिनेछ। सुदूरपश्चिम प्रदेशमा भारत र अन्य मुलुकमा ठूलो संख्यामा
मानिस भित्रिएका छन्।अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना
संक्रमण देखिएको छ।
Friday, April 17, 2020
Subscribe to:
Post Comments (Atom)
0 on: "उदयपुरमा १२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ"