Friday, April 17, 2020
अलपत्र परेकालाई प्रदेश ५ सरकारले खानबस्न दिएर गन्तव्यमा पुर्याइदिने
प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान भनी प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तव्यसम्म पुर्याइदिने भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारै सुरक्षा निकाय र स्थानीय तहहरुलाई पूर्वतिरबाट राजमार्ग हुँदै प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नपारी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न निर्देशन दिएका हुन् ।
‘घर जान भनेर प्रदेश ५ भित्र आइपुग्नुभएका सबै नागरिकलाई प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिन आग्रह गरेका छौँ र खाने बस्ने व्यवस्था पनि गरिएको छ । लकडाउनको पूर्ण पालना गर्नु हामी सबैका लागि जरुरी छ’ उनले भनेका छन् ।
प्रदेश सकारले शुक्रबारदेखिनै पूर्वबाट आएका नागरिकलाई बस्न र खानका लागि बर्दघाटमा व्यवस्था मिलाएको छ । सुरुमा एक सय जनाको लागि व्यवस्था गरिएकोमा मान्छेको संख्या हेरेर बढाउन समेत स्थानीय तहलाई भनिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
विभिन्न ठाउँबाट हिँडेर त्यहाँ पुगेकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिनेछ । त्यसपछि सबैको विवरण लिएर जो जुन ठाउँमा हुन् उनीहरुलाई प्रदेशभित्रका स्थानीय तहसँग समन्वय गरी गन्तव्यसम्म पुर्याउन पनि प्रदेश सरकारले नै समन्वय गर्नेछ।
प्रदेश सरकारको समन्वयमा पुगेका नागरिकलाई सम्बन्धित स्थानीय तहले अस्थायी क्वारेन्टाइनमा राख्नेछन् । जहाँका नागरिक हुन् त्यहाँसम्म पुर्याउन आवश्यक व्यवस्था गर्ने निर्देशन मुख्यमन्त्रीबाट भइसकेको केसीले बताए ।
क्वारेन्टाइन व्यवस्थापन तथा अलपत्रहरुको खानपिनका लागि स्थानीय तहलाई बजेट समेत विनियोजन गरिएको छ । जसका लागि गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख, उपमहानगरपालिकालाई २० लाख विनियोजन गरिएको छ । तर, भारतीयको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले नेपालगन्ज उपमहानगरपालिकालाई २५ लाख र सिद्धार्थनगर नगरपालिकालाई २० लाख व्यवस्था गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
No related post available
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "अलपत्र परेकालाई प्रदेश ५ सरकारले खानबस्न दिएर गन्तव्यमा पुर्याइदिने"