इतिहासकारका अनुसार राजा भास्कर मल्लका
पालामा काठमाडौँ उपत्यका एक विनाशकारी महामारीको सिकार भएको थियो।हजारौँ
मानिस मारिए। त्यस समय छुट्टिएर रहेको काठमाडौँ राज्यका राजासमेत महामारीको
सिकार भएका थिए। कदाचित त्यो ‘प्लेग’ थियो।
पाँच वर्षअघि मात्र काठमाडौँ उपत्यका र
मुलुकका केही अन्य भागमा प्रलयकारी भुइँचालो गयो। त्यसले नेपालबाहिर पनि
प्रभाव पारेको थियो। जनजीवन आतंकित भयो। मानिस र मानवकृत संस्था पुलिस,
सेना, सरकार राज्य, अस्त-व्यस्त-त्रस्त भएका थिए। मानिसको स्मृति छोटो
हुन्छ। पाँच वर्षअघिको भयानक प्राकृतिक प्रकोप हामीले यताका वर्षमा
बिर्सिसकेका छौँ। काठमाडौँको जनमनमा त्यस भुइँचालोले दीर्घकालीन प्रभाव
पारेन। रहनसहन, बाटोघाटो, सदन, भवन, निवास र जीवनशैली उस्तै छ। मानिस
जनसंकुल काठमाडौँमा कोचमकोच छन्।
राजनीतिक दृष्टिकोणले यसबीच नेपालमा नयाँ
व्यवस्था आयो। नयाँ संविधान आयो। शासक जातिका नजरमा गणतन्त्र र संघीय राज्य
दुवै पुष्पित-पल्लवित छन्। तर, हाम्रो जीवनशैली उस्तै छ। अझ डरलाग्दो
हाम्रो चिन्तन प्रणाली उस्तै छ। हामीलाई लागिरहेको छ, हामी जे गर्दैछौँ,
ठीक गर्दैछौँ। जे गर्ने हो, हामीले नै गर्ने हो। भूकम्पको त्यस शिक्षाले
पुगेन। भूकम्पभन्दा दसौँ गुणा भयंकर अर्को विपत्ति अहिले हामीसामु
विश्वव्यापी आतंकका रूपमा आएको छ।
इतिहासका पानामा मल्लकालीन आतंकका जस्ता उदाहरण अरू पनि छन्। तर, थोरै छन्।
त्यस समय सञ्चार क्रान्ति भएको थिएन। सूचनाको यस्तो व्यापकता थिएन।
मृत्युको भयावह पनि कदाचित थिएन। फलस्वरूप कोरोनाले सृष्टि गरेको यो आतंक
मानवजातिको इतिहासमा यस परिमाण र प्रकृतिको थिएन। नेपालमा पाँच वर्षअघि
गएको भुइँचालो, त्यसअघि भारतको उत्तराञ्चलमा भएको कल्पनातीत जलपलाब्न र
संहार पनि स्मरणीय छ। बाग्मतीको बाँध फुटेर सर्लाही डुबेको ३० वर्ष पनि
पुगेको छैन। यस्ता कुरा हामीलाई याद छैन।
हामी तत्कालका निम्ति आत्तिन्छौँ। छिट्टै नै मात्तिन्छौँ। तत्काल त
प्रकृतिको विराट विभीषिका अगाडि हारेजस्तो हुन्छौँ। तर, फेरि निहुँ खोज्न
थाल्छौँ। हामीभित्रको जिद्दी स्वार्थले प्रकृतिलाई पराजित गर्न
चाहन्छ।तर,यथार्थमामनुष्यले प्रकृतिलाई हराउन सक्दैन। प्रकृतिको पराजयबाट
मानवजाति अछुतो रहँदैन। प्रकृति र मानिसको अन्योन्याश्रित र पारस्परिकता
आजपनि हामीले आत्मसात् गरेका छैनौँ। मानिसको अहं उसको सर्वोपरि शत्रु र
विशेषता हो। बारम्बार दुःख पाएर, हारेर, भत्केर, टुटेर पनि त्यसमा ऊ सहमत
हुन चाहँदैन। मनुष्यको अपराजय साह
स एकातिर
उसको सकारात्मक पक्ष हो। तर, यो दुस्साहस हुन पुग्दा विनाश निम्त्याउँछ।
आजको मनुष्यले सिंगो पृथ्वीलाई विनाशको डिलमा उभ्याएको छ।
कोरोनाको करुण पृष्ठभूमिमा पनि
अध्यक्षद्वय प्रचण्ड र ओली राजनीतिक हानथाप गर्दैैछन्। आफ्नो अस्तित्व
देखाउन नेपाली काँग्रेस पनि बेलाबखतमा जंग्दिैछ।यी सब खुद्रा कुरा भए।
यस्ता कुरा राजनीतिको स्वाभाविक अंग हो। कोरोनाको विभीषिका र त्यसको
सन्देशलाई राजनीतिले ओगट्न सक्दैन। राजनीतिका आफ्ना विशेषता र सीमा छन्।
राजनीतिक भाषामा कोरोनालाई बुझ्न सकिँदैन। बुझाउन पनि सकिँदैन। कोरोनामा
प्रकट भएको सत्य ज्यादा विराट र विकराल छ। यो सत्य राजनीति र इतिहासभन्दा
माथि,टाढा, पर र पृथक्छ।
0 on: "महामारी वरिपरिको विमर्श"