कोरोना भाइरसको (कोभिड १९) ले वश्वलाइ प्रभावित पारिरहेका बेला रूपन्देहीका पत्रकारलाइ ओैषधी व्यसायी संघ रूपन्देहीले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
संघले फिल्डमा खटिएर काम गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मध्य नजर गरी मास्क, स्यानिटाइजर र पन्जा प्रदान गरेको हो ।
दैनिक रिपोर्टिङको लागि फिल्डमा नगई नहुने एकसय जना पत्रकारको लागि पुनः प्रयोग गर्न सकिने खालका मास्क सेनिटाईजर र पन्जा छन् ।
पत्रकार महासंघ रुपन्देही शाखाको प्राङगणमा बुधवार ओैषधी व्यवसायी संघ, लुम्बिनीका अध्यक्ष शिव ज्ञवाली र रुपन्देहका अध्यक्ष सुरज भट्टराइले सामाग्री प्रदान गर्दै जोखिम मोलेर फिल्डमा खटिएका पत्रकारहरुका लागि नियमित स्वास्थ्य परीक्षण, सुरक्षा उपकरणहरूको उपलब्धता अनिवार्य हुनुपर्ने बताए ।
पत्रकारहरु आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखी नागरिकलाई जानकारी दिने काम गरिरहेकोमा धन्यवाद दिदै भट्टराईले आगामी दिनमा पनि संघले पत्रकारहरुलाई जिम्मेवारी निर्वाहका समयमा गर्ने अप्ठ्यारोको समयमा सहयोग गर्ने बताए ।
लकडाउनको समयमा प्रभावित हुने विभिन्न क्षेत्रमा संघले सहयोग गरेको जनाएको छ ।
संघले फिल्डमा खटिएर काम गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मध्य नजर गरी मास्क, स्यानिटाइजर र पन्जा प्रदान गरेको हो ।
दैनिक रिपोर्टिङको लागि फिल्डमा नगई नहुने एकसय जना पत्रकारको लागि पुनः प्रयोग गर्न सकिने खालका मास्क सेनिटाईजर र पन्जा छन् ।
लकडाउनको समयमा प्रभावित हुने विभिन्न क्षेत्रमा संघले सहयोग गरेको जनाएको छ ।
0 on: "पत्रकारलाई औषधी व्यवशायीको मास्क र सेनीटाइजर"