कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीको कारण लकडाउन लम्बिएपछि नेपाल सरकारले ४ मोडेलमा सिकाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विज्ञहरुको सल्लाह र सुझावमा अध्ययन सामग्रीमार्फत त्यस्तो तयारी गरेको हो ।
बालबालिकाको सिकाइका लागि मुख्य ४ मोडेलहरुमा काम भइरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
केन्द्रले आउने नयाँ शैक्षिक शत्रको पठन पाठन बैशाख १५/१६ बाट शुरु हुने प्रचलन रहेको हुदा त्यही समयसीमालाई ध्यान दिइ काम गरेको छ ।
बालबालिकाको अवस्था र प्रविधिमा पहुँचलाई मध्यनगर गरी त्यस्तो व्यवस्था गरेको हो ।
मुख्यगरी बालबालिकाको अवस्थालाई ४ भागमा बर्गीकरण गरिएको छ ।
१) इन्टरनेटको पहुँच हुने
२) टेलिभिजन पहुँच हुने
३) रेडियोको पहुँच हुने
४) कुनैपनि पहुँच नहुने
सरकारले त्यसरी अवस्थाको आंकलन गरी बालबालिकाका लागि तयार गर्ने सामग्रीका मोडेल
१) इन्टरनेट
२) अडियो
३) भिडियो र
४) प्रिन्ट सामग्री हुने जनाएको छ ।
जोसँग इन्टरनेट छ ति बच्चाका लागि लक्षित गरी एक खालको सामग्री रहनेछ । उक्त सामग्री बच्चा आफैले इन्टरनेटको पहुँचमा पुगेर अध्ययन गर्नेछ । आफै नसके घरमा अभिभावक सक्षम भए अभिभावकको सहयोगमा गर्नेछन् । त्यो पनि नभए शिक्षकको सल्लाह र सहयोगमा प्रयोगमा आउनेछ ।
इन्टरनेटको पहुँचमा नभएका बालबालिकालाई लक्षित गरि टेलिभिजन मार्फत सिकाइने सामग्री रहनेछन् । टेलिभिजन हेरि बालबालिकाले सिक्छन भन्ने सरकारको बुझाइ छ । त्यसका लागि केही गैरसरकारी संस्थाहरुले समेत प्राविधिक रुपमा सहयोग गरिहेका छन् ।
टेलिभिजन पनि नहुने बालबालिकालाई लक्षित गरि रेडियो कार्यक्रमको उत्पादन गरिने र स्थानीय रेडियोहरुबाट प्रसारण गरी सिकाइ क्रियाकलाप अघि बढ्नेछ ।
रेडियोको पहुँचमा नहुने बालबालिकाहरु पनि भएको हुँदा त्यस्ता बालबालिकाहरुका लागि प्रिन्ट सामग्री तयार गरिनेछ । उक्त सामग्री हेरि बालबालिकाले सिक्नेछन् । उक्त सामग्री प्रयागेका लागि अभिभावक, शिक्षकले सहयोगीको भूमिका खेल्नेछन् । उक्त प्रिन्ट सामग्री स्थानीय तह र विद्यालयमार्फत बालबालिकाको हातसम्म पुर्याउने तयारी छ । सामग्रीमा अभिभावकलाई सुझाव भनि प्रत्येक क्रियाकलापमा बच्चालाई सिक्नका सहजीकरण गर्नका लागि अभिभावकले के गर्ने भन्ने कुरा लेखिएको छ ।
पूर्व प्राथमिक कक्षा, कक्षा १ र कक्षा २ को लागि बनाइएको सामग्री केन्द्रले आफ्नो वेभसाइटमा राखिसकेको छ । उक्त पुस्तकमा भएका क्रियाकलाप अभिभावकको सहयोगमा बालबालिकाले घरैमा बसी बसी गर्न सक्ने गरी तयार गरिएको केन्द्रको भनाई छ ।
पुस्तकमा भएका विभिन्न क्रियाकलापहरूले बालबालिकालाई लेखपढ गर्ने बानी बसाल्न एवम् अक्षर तथा गणितीय सीपको अवधारणा बसाउनुका साथै साथै अन्य सिकाइका अवसर प्रदान गर्ने केन्द्रले जनाएको छ ।
कक्षा ९ र १० को भर्चुअल कक्षाको सामग्री भने केन्द्रले यस अघि नै बनाइसकेको छ । उक्त कार्यक्रम टेलिभिजनबाट प्रसार हुँदै आएको छ । केन्द्रले यस्ता सामग्रीहरुको सहज रुपमा पाउने व्यवस्थाका लागि छुट्टै पोर्टल बनाइसकिएको छ ।
त्यसैगरी इन्टरनेटमा पहुँच पुर्याउने उद्देश्यले केन्द्रले नेपाल टेलिकमसँग विद्यार्थीका लागि ति सामग्री अध्ययन गर्दा अर्थात एप्स प्रयोग गर्दा शुल्क नलाग्ने बनाउनका लागि कुराकानी गरिरहेको छ ।
(शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपाने र सूचना अधिकारी माधव दाहालसँगको कुराकानीमा आधारित सामग्री)
सरकारले त्यसरी अवस्थाको आंकलन गरी बालबालिकाका लागि तयार गर्ने सामग्रीका मोडेल
0 on: "बैशाख तेस्रोहप्ता भित्रै ४ मोडेलमा कक्षा १० सम्मको पठनपाठन !"