(कोरोना भाइरस) महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनमा बसेको
तीन हप्ता पूरा भइसकेको छ । यो लकडाउन कति लम्बिन्छ, अझै थाहा छैन ।
लकडाउनले विभिन्न समस्या ल्याएका छन् । यो सँगै केही अवसर पनि छ । शिक्षाको सन्दर्भमा भन्नु पर्दा यो बिदा मनाएर बस्ने बेला होइन ।
जस्तो- कक्षा १ देखि ९ सम्म परीक्षा भइसकेको छ, अब नतिजा निकाल्दा हुन्छ
। विद्यालयमा एक-एक जना शिक्षक आएर पनि नतिजा सार्वजनिक गर्न सकिन्छ ।
विद्यालयमा भिड जम्मा गरेरै नतिजा निकाल्नुपर्छ भन्ने होइन । अहिलेको
परिस्थितिले पनि दिँदैन ।
नतिजा नआउँदा विद्यार्थीहरू उकुस-मुकुसमा छन् । नतिजाले उनीहरूलाई खुशी
दिन्छ । यस्तो अवस्थामा एसईई र कक्षा ११ को परीक्षा नलिए पनि हुन्छ । म त
भन्छु- अहिले मात्रै होइन, एसईई सधैंका लागि हटाए पनि हुन्छ ।
‘बी’ प्लस आएपछि विद्यार्थीले अर्को कक्षामा पढ्न पाउँछन् । त्यही ‘बी’ प्लसका लागि यति मरिहत्ते गरेर परीक्षा किन लिनुपर्यो ।
कक्षा ११ को परीक्षाको कुनै कानुनी आधार छैन । लिए पनि त्यो विद्यालयले
आन्तरिक परीक्षाका रुपमा लिनुपर्ने हो । तर, त्यो परीक्षामा पनि राष्ट्रिय
परीक्षा बोर्डले नै लिइरहेको छ ।
ए लेभल (बेलायत), आइभी (सिंगापुर) लेभल भनेको १२ कक्षा सरह हो ।
कोरोनाका कारणले आगामी मे-जूनमा हुने त्यो परीक्षा पनि उनीहरूले नलिने
घोषणा गरिसकेका छन् ।
फस्टदेखि थर्ड टर्मसम्मको अंकको आधारमा ग्रेडिङ गरेर अर्को कक्षामा पढ्न
पाउने व्यवस्था गरौं । ए बाबा, तीन घण्टाको परीक्षाले विद्यार्थीको भाग्य
निर्धाण गर्ने हो र ?
तीन घण्टामा के लेख्यो भन्ने कुरा भन्दा त उसले वर्षभरिका के-के सिक्यो भन्ने कुरा महत्वपूर्ण होइन र ?
त्यसकारण परीक्षालाई अनावश्यक हौवा नबनाऔं । लकडाउन झेलिरहेका विद्यार्थीमा भयको वातावरण सिर्जना नगरौं ।
अहिलेको कानून अनुसार कक्षा १२ सम्म विद्यालय तह नै हो । विद्यालय तहको
शैक्षिक सत्र हुने समय दुईवटा छन् । कक्षा ९ सम्म बैशाख र ११ र १२ को
साउनमा सुरु हुन्छ । यो त वैज्ञानिक भएन
नि ।
Thursday, April 16, 2020
’वार्षिक परीक्षाको नतिजा निकालौं, एसईई सधैंका लागि हटाऔं’
No related post available
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "’वार्षिक परीक्षाको नतिजा निकालौं, एसईई सधैंका लागि हटाऔं’"