प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा सामाजिक उत्तरदायित्व महशुस गर्दै विभिन्न संस्था र व्यक्तिहरुले सहयोग रकम जम्मा गरेका छन् ।
यसैक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) रुपन्देहीले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन एवं राहत कोषका लागि प्रदेश ५ सरकारलाई बिहीवार एक लाख एकाउन्न हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
हिसान रुपन्देही समितिले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन सम्बन्धी विपद् व्यवस्थापन कोषमा उक्त रकम सहयोग प्रदान गरेको हो ।
0 on: "प्रदेश ५ को कोरोना कोषमा हिसानले थप्यो रकम"