Saturday, April 18, 2020
गाउँमा फालाफाल, बजारमा हाहाकार
रतनकुमार महतोको गोठमा चार वटा भैंसी थिए। लकडाउनले भैंसीलाई दानापानी जुटाउन समस्या भयो। उनले बाध्य भएर घाटा लगाई दुई वटा भैंसी बिक्री गरे। भैंंसीको दूध डेरीमा उनलाई पुर्याउन कठिन छ। उनीसँग अहिले गोठमा दुई वटा दूधालु भैंसी छन्।
‘लकडाउनले बजार बन्द भयो। पशु आहार दाना पाइएन। भुसा, पराल छैन। भैंसी पाल्नै सकिएन। बाध्य भएर सस्तोमै भैंसी बिक्री गर्नु पर्यो’, उनले भने। महोत्तरीको गौशाला नगरपालिका–१२ परोरियाका दूध किसान रतन कुमार भन्छन््, ‘दूध लिएर डेरी सम्म आउँदा प्रहरीले कुट्छ , मोटरसाइकल खोसिदिन्छ। धेरै अप्ठ्यारो भयो।’
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी रोक्न भन्दै सरकारले लगाएको लकडाउन तीन सातमा पुगेको छ। ‘घरमा दूध फालिन्छ, डेरीमा बिक्री गर्न किसानले सकिरहेका छैनन्’, उनले भने।
शनिबार बिहानको ८ बज्दैं थियो, बर्दिबास बजार पुग्दा सुनसान थियो। शनिबार र बुधबार भिडभाड हुने बिहानी हाट सुनसान देखिन्थ्यो। तरकारीले बजार नपाएको भन्दै किसान चिन्ता जाहेर गर्दै थिए, उपभोक्ताले सागसब्जी नपाएर हाहाकार भएको बताउँदै थिए।
No related post available
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "गाउँमा फालाफाल, बजारमा हाहाकार"