क्वारेन्टाइनमा बसेकी एक महिलाले कपालमा लगाउन वनफूल तेलको फर्माइस गरिन् ।
क्वारेन्टाइनको स्टोर हेर्नेले अरू तेल नै प्रयोग गर्न आग्रह गर्दा उनले
अहिलेसम्म अरू तेल नलगाएको भन्दै त्यही ल्याइदिन अड्डी कसिन् । लकडाउनमा
बजार बन्द भएकाले महिलाको फर्माइस तत्काल पूरा गर्न सम्भव थिएन । भोलिपल्ट
भए पनि उनलाई वनफूल तेल नै उपलब्ध गराउनु पर्यो ।– साँझ मेसमा भात, दाल र
तरकारी बनाउने सुरसार हुँदै थियो । अचानक अर्डर थपियो, ‘दुई जनाले राति
रोटी नभइहुन्न भन्दै छन् ।’ मेसका भान्छे अलमलमा परे । पिठो स्टोरमा
ल्याइएकै थिएन । नयाँ परिकारको फर्माइस त्यही साँझ उपलब्ध गराउन सम्भव पनि
थिएन ।
0 on: "क्वारेन्टाइनमा बस्नेका माग : इन्टरनेट, रोटी र वनफूल तेल"