नेपाल धिताेपत्र बाेर्डकाे २८ औँ वार्षिकोत्सव समाराेहलाई सम्बाेधन गर्दै खतिवडाले बदलिँदाे परिस्थितिमा हाम्राे काराेबारहरु भर्चुअल मुद्राबाट समेत गर्नुपर्ने अवस्था देखिएकाे भन्दै त्यसलाई समेत अघि बढाउनेगरी वित्तीय क्षेत्रका नियमनकारी निकायहरुले समन्वय र क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा राखे ।
'हामीले भर्चुअल करेन्सीजस्ताे क्राउड साेर्सिङदेखि क्लाउड साेर्सिङसम्मकाे प्रयाेग गरेर जानु पर्नेछ, यसका लागि हामीले हाम्राे क्षमता बढाउनुपर्छ, बजारमा साक्षरता पनि बढाउनुपर्छ' अर्थमन्त्री खतिवडाले भने ।
अहिले
विश्वमा बिटक्वाइन, इथेरेम जस्ता हजाराैं क्रिप्टाेकरेन्सीहरुकाे प्रचलन छ
। नेपालमा ३ वर्षअघिदेखि यस्ता करेन्सीमार्फत् काराेबार र माइनिङ समेत
प्रतिबन्ध लगाइरहेकाे छ । भारतमा भने सर्वाेच्च अदालतकाे आदेशपछि ३ महिना
अघि मात्रै यस्ताे प्रतिबन्ध हटेकाे छ ।
कार्यक्रममा
खतिवडाले हाम्राे पुग्नुपर्ने गन्तव्य त्याे भए पनि अहिले पुँजीबजारमा
साक्षरता समेत निकै कम भएकाे भन्दै त्यसमा जाेड दिन आग्रह समेत गरे ।
'हामीले संरचनागत र कानूनी सुधार गर्दगर्दा बजारकाे साक्षरता नै पुगेकाे
छैन, साक्षरता बढाएर पुँजी परिचालन गर्ने हाे भने पुँजीबजारकाे काराेबार
बढेर यहीँ पर्याप्त तरलता थपिन्छ, बाहिरबाट आउनै पर्दैन' उनले भने ।
खतिवडाले
कमाेडिटिज बजारकाे सञ्चालन र नियमनलाई छिटाे अघि बढाउन बाेर्डलाई निर्देशन
समेत दिए । वस्तु विनिमय बजार तत्कालकाे लागि सम्भाव्य नभएजस्ताे देखिए
पनि दीर्घकालमा याे निकै महत्वपूर्ण रहेकाे उनकाे भनाइ थियाे ।
0 on: "क्रिप्टाेकरेन्सी खुला गर्ने अर्थमन्त्रीकाे इच्छा"