१३ असार, काठमाडौं । नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा
पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले
मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो ।
मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन
केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वमा कार्यदल गठन भएको थियो ।
यो कार्यदलले नेपालमा यो वर्ष सलह किरा भित्रिने सम्भावना नरहेको उल्लेख
गरेको छ । आगामी वर्षहरूमा भने सचेत हुनुपर्ने कार्यदलको सुझाव थियो ।
भारतको मध्यप्रदेशबाट आएको सलह फेरी राजस्थानतिरै फर्किएको, हावाको वहान
नआएको, झरी सुरु भैसकेकाले सलह नआउने कार्यदलको निश्कर्ष थियो । कार्यदलले
सुक्खा मौसम र सुक्खा ठाउँ मन पराउने भएकाले मनसुन सुरु भए पछि सलह आउँदैन
भन्ने प्रतिवेदन दियो ।
मनसुन सुरु भएको १५ दिनपछि सलह प्रवेश
गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जेठ ३० मै मनसुन
सुरु भयो । सलह आउँदैन भन्ने प्रतिवेदन बुझाएको तीन हप्तापछि नै सलह
भित्रिएको देखिन्छ ।
‘कार्यदलको प्रतिवेदन सर्वसाधारण तहबाट तयार पारिएको देखियो’ कृषि
मन्त्रालयका एक पूर्वसचिव भन्छन्, ‘विज्ञको नजरबाट नभई लिटरेचर रिभ्यू र
अप्राविधिक अवलोकनको आधारमा बनाएको प्रतिवेदन फेल खानु अस्वाभाविक होइन ।’
कति गर्ला क्षति ?
विज्ञहरूका अनुसार सलहको एउटा झुण्डले २५ सय जना वा १० वटा हात्तीलाई
पुग्ने खाना बराबरको वनस्पती खान्छ । तराईमा धमाधम धान रोपाईँ भइरहेको छ
भने पहाडमा मकै लगायतका बाली छन् ।
0 on: "कृषि मन्त्रालयले आउँदैन भन्दाभन्दै आयो सलह"