सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । निन्द्रा सामान्यता जागृत सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ । गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता राखेको हुन्छ ।
ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ । बिरामी, मानसिक तनाब, शोकको अवस्था र दिनमा देखेको सपनाको कुनै अर्थ राख्दैन । जन्मकुण्डलीको विस्तृत अध्यन गरेर सपनाको फल बताउन सकिन्छ ।
रातिलाई चार प्रहरमा भाग गर्दा पहिलो प्रहरको सपनाको फल एक वर्ष, दोस्रो प्रहरको सपनाको फल आठ महिना, तेस्रो प्रहरको फल एक महिना र बिहान व्रह्ममूहुर्तको र सुर्योदयभन्दा पूर्वको सपनाको फल त्यहि दिनदेखि दश दिनसम्म पुरा हुन सक्छ ।
शुक्लपक्ष षष्ठी, सप्तमी, अष्टमी र नवमी अनि कृष्ण पक्षको चतुर्दशीमा देखेको सपनाको फल छिटो प्राप्त हुन्छ । पूर्णीमामा देखेको सपनाको फल अवस्य प्राप्त हुन्छ। शुक्ल पक्षको द्वितीया, तृतीया अनि कृष्ण पक्षको अष्टमी र नवमीमा देखेको सपनाको फल उल्टो प्राप्त हुन्छ । शुक्ल पक्षको प्रतिपदा अनि कृष्ण पक्षको द्वितीया तिथिको फल ढिलो प्राप्त हुन्छ ।
सपनामा के देखे कस्तो फल मिल्छ ?
भगवान शिव सपनामा देखिनु विपत्तिको नाश, देवी देखिएमा रोगबाट मुक्ति र सरस्वती सपनामा देखिए ज्ञानमा वृद्धि हुन्छ । डाक्टर देखे रोग बढ्ने, अतिथी आएको देखे राम्रा खबर सुन्न पाईने, हुलाकी देखे नयाँ खबर आउन सक्ने, पुजारी देखे उन्नति हुन्न सक्ने, भिखारी देखे राम्रो समयको सुरुवात हुन सक्ने, विधुवा नारी देखे हानी हुन सक्ने, जवान केटी देखे विवाहको योग बन्न सक्छ । गुरु देखे सफलता प्राप्ति मिल्दछ भने साधुसन्त देखे राम्रो समयको थालनी हुन सक्छ । साना नानी देखे सन्तान प्राप्ति हुन सक्ने र आफ्नै आमालाई सपनामा देखे सम्मान मिल्दछ ।
शिशु चलेको देखे हराएको वा लुकेको धन प्राप्ति हुने, मासु देखे आकस्मिक धनलाभ हुन्छ भने आफुले मिठाई खाएको देखे बिरामी परिन्छ । नरिवल, केरा वा कागती देखे सन्तान प्राप्ति, पुजा पाठ गरेको देखे राम्रोकुरा प्राप्त, जुवा खेलेको देखे ब्यापारमा उन्नति प्रगति, तास देखे धनलाभ, दुध, दही देखे धनलाभ, कपास देखे स्वास्थ्यमा राम्रो हुन्छ भने रुद्राक्ष देखे शुभ समाचार सुन्न पाइन्छ । चन्दन देखे शुभ समाचार मिल्नेछ । नाचगान देखे अशुभ समाचार सुन्ने ।
0 on: "सपनामा भिखारी, विधुवा नारी र मासु देखे कस्ताे फल मिल्छ ?"