काठमाडौ । भनिन्छ प्रेममा कुनै उमेर सीमा हुँदैन । यसको जीवन्त उदाहरण भारतमा देखिएको छ । झारखंडको गढवा जिल्लामा एक वृद्ध मानिस आफ्नीछोराकी सासुको प्रेममा परे र विवाह गरेको ४० वर्ष पछि उनले आफ्नी श्रीमतिलाई डिभोर्स दिए।
गढवा जिल्लाको सदर प्रहरी चौकीमा न्यायको लागि बिन्ती गरिरहेकी एउटी ती बृद्ध श्रीमती आजकल आफ्ना पतिसँग निराश छिन् । यो डिभोर्स काननी रुपमा भने मान्य हुँदैन किनकी भारतमा तलाक भन्दैमा डिभोर्स नभएपनि देशमा आज पनि मानिसहरूले यो नियम मान्दै आएका छन्।
आजतकमा छापिएको समाचार अनसार, उक्त घटना जिल्लाको मेरल प्रहरी चौकी क्षेत्रको टिकुलडीहा गाउँमा भएको हो जहाँ ५५ वर्षीय अब्दुल शेख साहले आफ्नो जेठो छोराको सासू सम्धिनीलाई आफ्नो मुटु दिएका थिए।
जब अब्दुलकी श्रीमतीले यसको विरोध गरिन् क्रो धमा, अब्दुलले तलाक तलाक तलाक भने, यसले झ ग डा झन थपियो। अब्दुलले आफ्नी पत्नीलगायत सम्पूर्ण परिवारलाई घरबाट बाहिर निकाले र घरका गहनाहरू सहितका धेरै सामानहरू उनको नयाँ प्रेमिका सम्धिनीलाई पठाए ।
यो घटना पछि, सम्पूर्ण परिवार महिला पुलिस स्टेशन पुग्यो । रिसाएकी ती वृद्ध महिलाले आफ्नो लोग्नेको विरुद्ध एफआईआर दर्ता गरी कारबाहीको माग गरेकी छिन् । छोराहरूले बुबासँग कसरी तपाईंले हामीलाई छोड्न सक्नुहुन्छ भन्दै बिवाद गरिरहेका छन् ।
जब आरोपी पतिलाई यस विषयमा सोधिएको थियो, उनले भने कि यस्तो कुनै कुरा छैन, केहि भएको छैन। यस घटनामा पुलिसले एफआईआर दर्ता गरी अनुसन्धान सुरु गरेको छ। एक समय, सम्पूर्ण देशले बिहारको पटनामा पुरानो मटुकनाथको प्रेम देख्यो। आज झारखंडको गढवामा पनि त्यस्तै केही देखिएको थियो तर आजको यो प्रेम नियमको बिरूद्ध हो।
पेटको बोसो घटाउन अपनाउनुस् यी ९ घरेलु विधि, पाउनुहुनेछ गज्जबको नतीजा !
काठमाडौँ । मोटोपनको समस्याले धेरै मानिसलाई सताएको छ । अझ पेट लाग्ने समस्याले धेरै मानिसलाई हैरान बनाएको छ ।
कागती पानी
दिनको सुरुवात दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।
खैरो चामलको भात
यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् ।
गुलियोबाट टाढा रहनुहोस्
यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।
पानी धेरै पिउनुहोस्
पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।
काँचो लसुन खानुहोस्
बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।
मांसाहारबाट टाढै रहनुहोस्
मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।
धेरै सागसब्जी खानुहोस्
खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।
खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्:
खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।
बदामको प्रयोग गर्नुहोस्
बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।
0 on: "छोराकी सासुसँग दिल बसेपछि पत्निलाई दिए डिभोर्स"