रोयल इन्फिल्डले आफ्नो नयाँ सि
रिज पेगासस ५०० का मालिकलाई केही निश्चित समाधान दिन नसकेको भन्दै भर्खरै किनिएको नयाँ बुलेटलाई एक व्यक्तिले फोहोरमा फ्याँकेका छन् । सोसल मिडियामा पोष्ट भएको जानकारी अनुसार पेगासस मालिक धिरज जारुवाले बुलेटले नयाँ सिरिज बजारमा उतारेपछि अब उनको पेगासस ५०० को कुनै काम नभएकाले फोहारमा फ्याँकिएको बताएका छन् ।
स्रोतका अनुसारउनले यसो गर्नुको कारण निकै रोचक छ । गत महिना रोयल इन्फिल्डले पेगासस ५०० मोटरसाइकलको लिमिटेड इडिसन भारतमा लञ्च गर्यो । उनीहरुले उक्त बाइक निकै विशिष्ट भएको बताउँदै भारतमा दुई सय ५० वटा र संसारभरी हजारवटा मात्र वितरण गरिने जानकारी दिए ।
तर त्यसको केही हप्तापछि अगस्ट २८ मा उक्त कम्पनीले क्लासिक सिग्नल ३५० भर्सन लञ्च गरे जुन पेगासस मोडल जस्तै देखिन्छ र ८० हजार भारु सस्तो पनि । पेगासस किन्न नसकेकालाई डिलरले फोन गरेरै उक्त नयाँ बाइक पेगासस जस्तै भएको र यसमा पेगाससमा नभएको एबीएस पनि भएको जानकारी दिए ।
कम्पनीको यस्तो व्यवहारका कारण संसारभरीका पेगासस मालिक रुष्ट छन् । उनीहरुले रोयल इन्फिल्डले निकै सिमित भनिएको बाइकको कपी लञ्च गरेर आफूहरुलाई धोका दिएको बताएका छन् ।
पेगासस मालिकले इमेल र फोनमार्फत् चित्त बुझ्दो जवाफ नपाएका कारण पनि आफूहरुलाई थप रिस उठेको बताएका छन् । धिरजले एक मिडियासँगको कुराकानीमा जहिलेसम्म कम्पनीले यो समस्याको समाधान गर्दैन, उनले आफ्नो मोटरसाइकल फोहोरको थुप्रोबाट बाहिर ननिकाल्ने बताएका छन् । केही अन्य प्रयोगकर्ताले पनि रोयल इन्फिल्डलाई ट्याग गर्दै आफ्नो बाइकलाई फोहोरमा फ्याँकेर ट्वीट गरेका छन् ।
0 on: "फोहोरमा फालिएको बुलेट बाइक यसरी बन्यो भाइरल"