बलिबुड उद्योगमा धेरै नै अभिनेता र अभिनेत्री हरू छन् जुन उत्कृष्ट अभिनय को कारण बलिबुड मा टिकेका छन् र संसार भर तारिफ को पात्र बनेका छन् ।
विश्वमै सफल मानिएको बलिउडमा अभिनेता र अभिनेत्री हरूको कुनै कमी छैन सबै उत्तिकै प्रतिभाशाली छन् तर केही अभिनेत्री हरू अभिनय क्षमता भन्दा पनि उनीहरूले देखाउने बोल्डनेसका कारण बलिउडमा टिक्न सफल भए्का छन् !
पर्दामा देखिने उनीहरूको बोल्ड सिनका कारण उनीहरूको फिल्म ले मार्केट तताएको हुन्छ !
सनी लियोन
बलिउडमा प्रवेश गर्नुअघि ‘ए डल्ट स्टार’ रहेकी उनको परिचय नै खराब थियो । उनलाई आइटम गीतमा धेरै काम गराइयो र मुख्य भूमिकामा कम । उनलाई बलिउडमा फिल्म चलाउनकै लागि मात्र प्रयोग गरिएको छ । उनले भने जस्ताे सपलता पाउन सकेकी छैनन ।
उर्वशी रौतेला
सुन्दरताको विषयमा कोही भन्दा कम छैनन् उर्वशी रौतेला । सनी देओलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी रौतेलाका पछिल्ला फिल्महरू परिवारसँग बसेर हेर्न सकिँदैन । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ । उनी मुभिभन्दापनि हट अवतारका कारण चर्चामा रहन्छिन ।
जरीन खान
बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् ।
ईशा गुप्ता
सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री हुन् ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सिनका कारण उनका पछिल्ला शालीन पात्रको रूपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोशुटमै लिप्त छिन् ।
अमीषा पटेल
करियरको सुरुवातमा उनका फिल्महरू सफल भए । उनी पनि सफल अभिनेत्रीको रूपमा परिचित भइन् । तर बिस्तारै फिल्म चल्न छोडेपछि उनले अङ्ग प्रदर्शनको सहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेन । एजेन्सीकाे सहयाेगमा
0 on: "यी ५ अभिनेत्री : जाे बलिउडमा टिकिरहन हदैसम्म बोल्ड बने !"