सुन्दरताको चर्चा जहाँ पनि हुन्छ । सुन्दर देखिने चाहना जसलाई पनि हुन्छ । सुन्दरता सबैलाई मन पर्छ । सुन्दरता प्राकृतिक हुँदा अझ त्यसले बढी लोभ्याउछ पनि ।तर कम्बोडियामा केहि भिन्न भएको छ । आवश्यकताभन्दा धेरै सुन्दरता कारण कम्बोडियन एक सुन्दरी समस्यामा परेकी छिन । अभिनेत्रीसमेत रहेकी २६ वर्षकी डेनी ख्वान(Denny Kwan)माथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ ।
डेनीका का*मुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ ।
वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज हो । उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन् । जहाँ उनले आफ्ना निकै का*मुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन् ।
तर उनी भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन् । आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ ।
0 on: "अत्याधिक से’क्सी देखिएको भन्दै यी नायिकालाई सरकारले लगायो प्रतिबन्ध( तस्विर सहित)"