काठमाडौं । ४ वर्ष पहिले ‘कमेडी किङ’ मनोज गजुरेलसँग सम्बन्ध बिच्छेद गरेकी मीना ढकाल खुलेरै राजनीतिमा लागेकी छिन् । तपाईंलाई जानकारी गराउ कि मीना फेसन डिजाइनर हुन् ।
उनले लामो समय बुटिक सञ्चालन गरेकी थिइन् । मीना ढकालले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफूलाई जिल्ला सदस्यको उम्मेदवार बनाएकी हुन् । उनी भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार भएकी हुन् ।
सम्बन्ध बिच्छेदपछि गजुरेलले हालै दोस्रो विहे गरेका छन् । तर ढकालले भने विहे गरेकी छैनन् । उनीहरु अलग हुनुमा पनि राजनीतिको अहम भुमिका रहेको विश्वास गरिन्छ । गजुरेल कम्युनिस्ट राजनीतिप्रति झुकाव राख्छन् भने मीना प्रजातान्त्रिक विचार राख्छिन् ।
मीना केही समय नेविसंघको राजनीतिमा सक्रिय थिइन् । पछिल्लो पटक मीनाले गत स्थानीय तहको चुनावमा गाउँमै गएर आफ्ना साथीलाई चुनावी प्रचारप्रसारमा सहयोग गरेकी थिइन् । मीनाका अनुसार विवाहपछि सुरुमै पारिवारिक पृष्ठभूमि अलगअलग भएकाले गजुरेलसँग विवाद भैरहन्थ्यो ।
गाउँमै हुर्किएकी भए पनि बाल्यकालदेखि नै मीना आधुनिक थिइन् । ताप्लेजुङका गजुरेलको परिवारलाई त्यो कुरा स्वीकार गर्न सुरुमै कठिन भएको थियो । गजुरेल बाहुन र ढकाल जैसी भएका कारणसमेत परिवारमा विवाद हुने गरेको थियो ।
0 on: "खुलेरै राजनीतिमा लागिन् मीना ढकाल, जिल्ला सदस्यमा उम्मेदवारी"