तर अहिलेको जमानामा यो सम्बन्ध भ; र्जिनिटी टेस्टमा टिकेको छ भने पनि आश्चर्य नमाने हुन्छ । भारतको महाराष्ट्र राज्यमा भ; र्जिनिटी टेस्टको एउटा घटना बाहिर आएको छ । महाराष्ट्रको नासिकमा भ; र्जिनिटी टेस्टमा पत्नी फेल भएपछि एक व्यक्तिले बिहेको ४८ घन्टामै सम्बन्ध तोडेका छन् ।
पत्नीको भ; र्जिनिटी माथि शं; का भएपछि ती व्यक्तिले पञ्चायतमार्फत परीक्षण गराएका थिए । यो टेस्टमा फेल भएलगत्तै ती व्यक्तिले नवविवाहित पत्नीसँगको सम्बन्ध तोडेका हुन् ।
ती पतिले आफूले पत्नीको भ; र्जिनिटी परीक्षण गरेको प्रमाणसमेत गाउँ पञ्चायतमा बुझाएका थिए । उनले सुन्दै अनौठो लाग्ने सबुत प्रमाण पञ्चायतमा पेश गरेपछि नवविवाहित पत्नीलाई छाडिदिएका हुन्।
ती पतिले भ; र्जिनिटी टेस्टमा पत्नी फेल भएको प्रमाणस्वरुप सुहागरातका दिन पत्नीसँगै सुतेको तन्नासमेत पञ्चायतमा पेश गरेका थिए ।पत्नीसँग बिहेको पहिलो रात सुतेको ओछ्यानको तन्नालाई हेरेर सोही आधारमा पञ्चायतले ती युवालाई पत्नीसँग सम्बन्ध तोड्न अनुमति दिएको थियो।
सामाजिक कार्यकर्ता रञ्जना गावान्डे र कृष्णा चन्दगुडेलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार जुन युवतीसँग सम्बन्ध तोडिएको छ उनी प्रहरीमा भर्ती हुने तयारीमा थिइन् ।
प्रहरीमा भर्ती हुनका लागि उनले निरन्तर लामो दौड, साइकल चलाउनुका साथै अन्य कठिन शारीरिक अभ्यास पनि गरिरहेकी थिइन्। ती युवतीले पञ्चतायतको यस निर्णयपछि आफू न्यायका लागि पुलिसमा जाने बताएकी छन् ।
उनले अन्धविश्वास र भ्रममा परेको पञ्चायतको निर्णयलाई आफूले चुनौती दिने बताएकी छन्।
0 on: "सुहागरातको सुताईमा पत्नीको भ; र्जिनिटी माथि शंका लागेपछि तन्नै बोकेर अदालत पुगे श्रीमान"