काठमाडौं । बलिउड अभिनेत्री करिना कपुर कोरोना पोजेटिभ भएकी छिन् । उनीसँगै अमृता अरोरा पनि कोरोना पोजेटिभ देखिएको छ ।
रिपोर्टका अनुसार उनको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गरिने छ । विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दै गएको छ ।
सोही कुरालाई ध्यानमा राख्दै भारतमा पनि सावधानी अपनाइएको छ । हालसम्म भारतमा ओमिक्रोनका करिब ४० घटनाहरू रिपोर्ट गरिएका छन् । जबकि पछिल्लो २४ घण्टामा कुल ७ हजार ३ सय ५० नयाँ कोरोना संक्रमित थपिएका छन् ।
तीमध्ये अधिकांश केरला राज्यका छन् । पछिल्लो रिर्पोट अनुसार उनी अहिले आइसोलेसनमा छिन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनीसँगै उनको मिल्ने साथी अमृता अरोरालाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
हालै करिना र अमृता आफ्ना साथीभाइसँग धेरै पार्टीमा उपस्थित भएको बताइएको छ । बीएमसीले यी दुबै अभिनेत्रीहरुको साथमा आएका व्यक्तिहरुको खोजी गरिरहेको छ ।
0 on: "बलिउड अभिनेत्री करिना कपुर कोरोना पोजेटिभ"